उर्मिला यादव यात्री , ६३९ पटक हेरिएको
भैरहवा, भदौ १२
नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र सिद्धार्थनगर रुपन्देहीले सिद्धार्थनगर नगरपालिकालाई सोमबार ज्ञापनपत्र बुझाएको छ । देश आर्थिक संकटमा गुज्रिरहेको समयमा सिद्धार्थनगर नगरपालिकाले उद्योगी ब्यवसायीहरुले तिर्नुपर्ने कर दोब्बर तेब्बर बढाएकोले करबृद्धि निर्णय फिर्ता लिन आग्रह गर्दै नेकपा माओवादी केन्द्र सिद्धार्थनगर इन्चार्ज फैज अहमद खानको नेतृत्वमा गएको टोलीले नगरप्रमुख इस्तियाक अहमद खानलाई ज्ञापन पत्र बुझाएको हो ।
उद्योगी ब्यवसायीहरु पलायन हुदै गएको अवस्थामा नगरपालिकाले ठेकेदारहको बक्यौता तिर्न नसकेको समयमा उद्योगी ब्यवसायी जोगाउनका लागी हाल बढाएको कर बृद्धि निर्णय तत्काल फिर्ता लिई ब्यवसायिक कर यस आर्थिक बर्षलाई ५० प्रतिशत छुट सहुलियत दिई करको रकम भुक्तानी लिनुहुन अनुरोध गर्दछौ बिज्ञप्तीमा उल्लेख छ । तत्काल बढाएको कर बृद्धिको निर्णय फिर्ता लिन अनुरोध गर्दै निर्णय फिर्ता नलिए नेकपा माओवादी केन्द्रले उद्योगी ब्यवसायिकहरुलाई साथमा लिई चरणबद्ध रुपमा आन्दोलन गर्ने बिज्ञप्ती मार्फत चेतावनी दिएको छ ।
यस्तै गरी सिद्धार्थनगर नगरपालिका वडा नम्बर १ देखि वडा नम्बर १३ सम्म सार्वजनिक जग्गामा सुकुम्बासीहरुले भोगचलन तथा बसोबास गर्दै आएको र उक्त सार्वजनिक जग्गा नगरपालिकाले संरक्षण गर्नुपर्ने अवस्थामा सर्वदलीय बैठकबाट निर्णय गराई प्रकृयागत रुपमा कार्यान्वयन गर्न अनुरोध गरीएको छ । यस्तै गरी बिज्ञप्तीमा भनिएको छ कुनै ब्यक्ति बिशेषको लागस् मात्र प्रक्रिया अगाडी बढाएको खण्डमा हाम्रो पार्टी चरणबद्ध रुपमा आन्दोलन गर्न बाध्य हुनेछ।
ज्ञापन पत्र बुझाउन नेकपा माओवादी केन्द्र सिद्धार्थनगरका सहसचिव तथा वाइसीएलका नेता दिलिप प्रजापति , नगर कोषाध्यक्ष डम्बर बहादुर खत्री , लगायत प्रेम बि.सी., रामचन्द्र कोइरी, गणेश चालिसे, सुनील यादव, यादव खरेल लगायत नेताहरुको सहभागिता रहेको थियो ।
प्रकाशित मिति: २०२३-०८-२९ , समय : १४:०७:०८ , १ वर्ष अगाडि