प्रकाश न्यौपाने , २४३ पटक हेरिएको
नवलपरासी,भदौ १२
नेपालमा धार्मिक सहिष्णुता कायम राख्न बिश्व हिन्दु महासङ्घ नवलपरासीले माग गरेको छ । पछिल्लो समय धरानमा घटेको घटाना तर्फ इन्कित गर्दै महासङ्घले धार्मिक सहिसुणतामा खलवल हुने खालका गतिविधिहरु बन्द गर्न माग गरेको हो ।
देशमा धार्मिक सहिष्णुता कायम गर्न माग गर्दै सोमबार परासीको बुद्धचोक देखी जिल्ला प्रशासन सम्म पुगेर प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएको अध्यक्ष मान बहादुर थापाले बताउनु भयो ।
थापा भन्नुहुन्छ-” देश कानुन अनुसार चल्नु पर्छ । कानुनको बिपरित धार्मिक सहिष्णुतामा आच आउने काम गर्नेलाई राज्यले कानुनी बाटोमा ल्याउनु पर्छ ।”
देशको संविधान र कानूनले पनि खुलेआम धर्म परिर्वतन गराउने र राष्ट्रिय जनवारको हत्या गर्ने कार्यलाई दण्डनिय अपराध मानेको भन्दै सरकारसमक्ष कारवाहीको माग गरिएको गरिएको छ ।
प्रकाशित मिति: २०२३-०८-२९ , समय : १०:५५:०५ , १ वर्ष अगाडि