उर्मिला यादव यात्री , २५०५ पटक हेरिएको
भैरहवा , भदौ ९
हिन्दु परिषद नेपाल जिल्ला कार्य समिती रुपन्देहीले मोहित कुमार द्धिवेदीको अध्यक्षतामा २८ सदस्यीय नया कार्यसमिती चयन गरेको छ । जसको उपाध्यक्षमा केशव कुमार गुप्ता, सचिवमा रामजियावन यादव, सहसचिवमा सन्तोष कुमार पाण्डेय र कोषाध्यक्षमा सुर्य नाथ धवल रहनु भएको छ । यस्तै गरी जिल्ला कार्यसमिती सदस्यहरुमा दिनेश गुप्ता, राकेश कुर्मी, रामभवन मौर्या, जितेन्द्र यादव, दिपेन्द्र कुमार चौधरी, सन्दिप कुमार अग्रहरी, बिश्वनाथ प्रजापति, रामखुशियाल यादव, श्यामसुन्दर यादव, केशव कुर्मी , राहुल यादव, बिनय यादव, अखिल गुप्ता, राहुल कुर्मी, गणेश यादव र सन्दिप मौर्या रहनु भएको छ । यस्तै गरी जिल्ला प्रवक्तामा ज्ञानेश्वर उपाध्याय रहनु भएको छ भने सल्लाहकारमा बिएन गुप्ता, उर्मिला यादव यात्री, उमेश अग्रहरी, बिजय उपाध्याय, नेवास कुर्मी, मुक्तिनाथ यादव भोलालाई सर्वसम्मत चयन गरीएको छ ।
कार्यक्रममा प्रमुख अतिथी समाजसेवी बिएन गुप्ताले हरेक धर्मको सम्मान गर्नुपर्ने बताउनु भएको छ । उहाले समाजमा आएको कुप्रथाले जातियता उत्पन्न भएकोले जातियता भन्दा पनि धर्मको आधारमा पहिचान दिनुपर्ने बताउनु भएको छ । उहाले मानव जातिमा छुवाछुत, भेदभाव, उचनिच बिभेद , तिरस्कार जस्ता कुराले हिन्दु धर्ममा संकट आएको बताउनु भयो । उहाले मनदेखि एकताका साथ लागे हिन्दु धर्मको संरक्षण गर्न सकिने जोड दिनु भयो ।
उहाले आफनो धर्मको रक्षा गर्नका लागी हामी आफै बलियो हुनुपर्ने बताउदै समाजमा भएको बिभेद हामीले नै हटाउनु पर्ने बताउनु भएको छ । उहाले हिन्दुले नै हिन्दु समुदायलाई तिरस्कार गर्दा अहिले हिन्दु धर्म भन्दा अन्य धर्ममा मानिसहरु आकर्षित भएको बताउनु भयो । उहाले सबै भन्दा बढी दलित समुदायले धर्म परिर्वतन गरेको बताउदै यसको मुख्य कारण खोज्नु समेत आग्रह गर्नु भएको छ । उहाले हिन्दुले हिन्दुको सम्मान गर्नुपर्ने जोड दिदै जातियताको आधारमा बिरोध गर्नु नै मुर्खता भएको उल्लेख गर्नु भयो । जातियताको आधारमा बिभेद भएकै कारण हिन्दु धर्म मान्ने मानिसको कमी भएको बताउदै समाजसेवी गुप्ताले अझै पनि यो समाजबाट हटन नसके बिस्तारै हिन्दु धर्म शुन्यमा आउने जिकिर गर्नु भयो । उहाले धर्मको नाममा पुजा, टिका र नारा लगाउदैमा धर्मको संरक्षण नहुने बताउदै आफनो धर्मका हरेक जातिलाई काधमा काध मिलाएर हिडन सके मात्र धर्मको संरक्षण गर्न सकिने बताउनु भयो । उहाले हिन्दु परिषद नेपाल जिल्ला कार्य समिती रुपन्देहीको नवगठित समितीलाई टिसर्ट उपलब्ध गराउने प्रतिबद्धता गर्नु भएको छ ।
यस्तै गरी समाजसेवी तथा सिद्धार्थनगर नगरपालिका वडा नम्बर ४ का वडाध्यक्ष मुक्तिनाथ यादव भोलाले जब सम्म हिन्दु धर्ममा संगठन हुदैन तब सम्म केहि गर्न नसकिने बताउनु भएको छ । उहाले हिन्दु धर्मको नाममा गठन गरीएका सम्पुर्ण संस्थाहरुलाई एकजुट हुन आग्रह गर्नु भएको छ ।
यस्तै गरी कार्यक्रममा समाजसेवी प्रशान्त गुप्ता महेन्द्रले हरेक धर्मको सम्मान गर्नुपर्ने बताउनु भएको छ । उहाले हिन्दु धर्मको संस्कृति , सभ्यता र सनातनको अन्त्य गर्नका लागी जुन कोसिस भैरहेको छ त्यो गलत भएको बताउनु भएको छ । उहाले नेपालमा धर्म निरपेक्षता खुलेआम गाई गोरु काटेर खानको लागी नआएको बताउदै यस्तो भएमा हिन्दुहरु चुप लागेर नबस्ने चेतावनी दिनु भएको छ । उहाले धरानमा भएको घटनाको बिरोध गर्दै त्यस्ता ब्यक्तिलाई कारवाही गर्न माग गर्नु भएको छ । उहाले आफनो धर्म र संस्कृतिको संरक्षणका लागी आज कुन काम भएको छ त्यो अरु धर्मको बिरोधको लागी नभएको बताउनु भयो ।
कार्यक्रममा मोहित दुबेको स्वागत मन्तब्य रहेको कार्यक्रममा हिन्दु परिषद नेपालका केन्द्रिय प्रवक्ता ओमकार पाण्डे, सन्तोष मिश्रा, सुमन शुक्ला, समाजसेवी रेणु बर्नवाल लगायतले शुभकामना मन्तब्य राख्नु भएको थियो । हिन्दु परिषद नेपाल जिल्ला कार्य समिती रुपन्देहीको समिती गठन एवम हिन्दु एकता अभियान समाजसेवी रेणु बर्नवालको अध्यक्षता तथा समाजसेवी बैजनाथ गुप्ताको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।
प्रकाशित मिति: २०२३-०८-२६ , समय : २१:३४:०२ , १ वर्ष अगाडि