योगदान राष्ट्रको लागी जिल्ला शाखा रुपन्देहीको नियमित बैठक भैरहवामा सम्पन्न

रुपन्देही खबर , १२६४  पटक हेरिएको

भैरहवा , भदौ ९

योगदान राष्ट्रको लागी जिल्ला शाखा रुपन्देहीको नियमित बैठक आज एक कार्यक्रमका बिच भैरहवामा सम्पन्न भएको छ । जिल्ला अध्यक्ष रुपेन्द्र अधिकारीको अध्यक्षतामा बसेको बैठकले सिद्धार्थनगर नगरपालिकाको नगर संयोजकमा उर्मिला यादव यात्रीलाई सर्वसम्मत चयन गर्ने निर्णय गरीएको छ । यस्तै गरी आज बसेको बैठकले बिभिन्न बिषयमा छलफल गर्दै योगदान राष्ट्रको लागी जिल्ला शाखा रुपन्देहीको कार्यक्रम लगायत बिबिध बिषयमा मासिक बैठक महिनाको पहिलो शुक्रबार गर्ने निर्णय गरेको छ ।

बैठकमा योगदान राष्ट्रको लागी जिल्ला शाखा रुपन्देहीका उपाध्यक्ष भरत पौडेल , सचिव सुर्य पौडेल, सहसचिव समिक्षा डोटेल, संस्थाका कोषाध्यक्ष प्रवेश कुमार कर्ण , मोहम्मद आयुब , फुल चन्द्र लोध, उर्मिला यादव यात्री , सर्बेन्दर यादव लगायतको सहभागितामा बैठक सम्पन्न भएको छ ।

प्रकाशित मिति: २०२३-०८-२६ , समय : १९:३२:२९ , १ वर्ष अगाडि