बाटो निर्माणमा ओमसतियाले चासो नदिदा पटखौलीमा स्थानियद्धारा बिरोध

उर्मिला यादव यात्री , ४१७  पटक हेरिएको

भैरहवा, भदौ ८

रुपन्देहीको ओमसतिया गाउपालिका वडा नम्बर ५ पटखौलीमा त्यहाका स्थानियले २ घण्टा बाटो अवरुद्ध गरेका छन । पटखौलीमा बाटो भत्केर हिलाम्मे हुदा समेत गाउपालिकाले कुनै चासो नदेखाउदा त्यहाका स्थानियले शुक्रबार दिउसो २ बजे देखि साझ ४ बजे सम्म बाटो बन्द गरी बिरोध जनाएका हुन ।

जनमत पार्टी ओमसतिया वडा नम्बर ५ का सचिव तथा जिल्ला उपाध्यक्ष शैलेन्दर सिंह थारुले गाउपालिका अध्यक्ष, उपाध्यक्ष तथा वडा नम्बर ५ का वडाध्यक्षलाई त्यहाको अवस्था बारे बुझन बोलाउदा समेत कुनै चासो नदिएकोले बाध्य भएर आफुहरु बाटो अवरुद्ध गरेको जानकारी दिनु भएको छ । उहाले गाउपालिकाले नाला सफा गराउदा त्यो फोहोर हिलो बाटोमा नै राखेकोले पानी पर्दा बाटो झन हिलाम्मे भएको गुनासो गर्नु भएको छ । ओमसतिया ५ पटखौलीको २ सय मिटर बाटो हिलाम्मे अवस्थामा छ । यो बाटोमा दुर्घटना पनि दिन प्रति दिन बढदै गएको छ । आज सम्म ४ वटा सवारी साधन दुर्घटनामा परेका छन , गाउपालिकाले कुनै चासो दिएको छैन राप्रपाका सुजीत कुर्मीले भन्नु भयो ।

पटखौलीमा स्थानियले बन्द गरेको बाटो अहिले खुलेको छ भने आइतबार ओमसतिया वडा नम्बर ५ को कार्यालयमा आफनो माग राख्ने त्यहाका स्थानियले बताएका छन । वडाले बाटो निमार्णमा कुनै चासो नदेखाए वा आफुहरुको माग पुरा नगरे वडा कार्यालयमा ताला लगाउने त्यहाका स्थानियले चेतावनी दिएका छन ।

जनमत पार्टी ओमसतिया वडा नम्बर ५ का सचिव तथा जिल्ला उपाध्यक्ष शैलेन्दर सिंह थारुको अध्यक्षतामा भएको बिरोध कार्यक्रममा नेपाली कांग्रेसका उमाशंकर चौधरी लगायत बिभिन्न राजनितिक दलका प्रतिनिधी र त्यहाका स्थानियको उल्लेख्य सहभागिता रहेको थियो ।

प्रकाशित मिति: २०२३-०८-२५ , समय : १८:३०:५३ , १ वर्ष अगाडि