रुपन्देही खबर , ३२४ पटक हेरिएको
बारा, भदौ ७
बारा बस दुर्घटनामा ज्यान गुमाउने सातै जनाको सनाखत भएको छ। बाराका डिएसपी दलिराम न्यौपानेका अनुसार मृत्यु हुनेमा महोत्तरीको लोहारपटी नगरपालिका ५ का ४१ वर्षीय विजय लाल पण्डित, भारतको राजस्थानका ७० वर्षीय राजेन्द्र चतुरबेदी, ६५ वर्षीया श्रीकान्त चतुरबेदी, ६७ वर्षीय बहादुर सिंह, ६० वर्षीया सत्यवती, ६७ वर्षीया बैजन्ती देवी र ६५ वर्षीया मिरा देबी छन ।
२६ जना तिर्थालु बोकेको मधेश प्रदेश ०३ ००१ ख ७९९४ नम्बरको बस आज बिहान साढे २ बजे बाराको जितपुरसिमरा उपमहानगरपालिका २२ स्थित पूर्वपश्चिम राजमार्गको चुरीयामाई मन्दीर नजिकै सडकबाट १५ मिटर तल खसेको थियो।
दुर्टनामा १७ जना घाइते छन तीमध्ये तीन जना नेपाली रहेको डिएसपी न्यौपानेले जानकारी दिनु भएको छ । भारत राजस्थानका अन्दाजी ४८ वर्षीय घनश्याम चतुरबेदी, ५३ वर्षीय माया देबी, ३५ वर्षीय अनिल कुमार, ५० वर्षीय तारावती चतुरबेदी, ४८ वर्षीय श्यामलाल माली, उनकी नातिनी ९ वर्षीय क्रितिका चतुरवेदी, ४७ वर्षीय हरवारी माली, ७० वर्षीय चौथी देबी, ७२ वर्षीय सुरेस चन्द्र चक्रवती, ७३ वर्षीय राम प्रसाद, ६३ वर्षीय धरम सिंह, ६० वर्षीय ईन्दु धाकद, १६ वर्षीय गर्बिदा चतुरबेदी र ५४ वर्षीय राम कुमार चतुरबेदी घाइते छन्।
घाइते नेपाली नागरिकहरुमा महोत्तरी जलेश्वर नगरपालिकाका ३८ वर्षीय बिहारी मुखीया, धनुषाको मौवा गाउँपालिका १८ जनकपुरका ४१ वर्षीय घुरन मण्डल, महोत्तरीको लोहारपति नगरपालिका ५ का २६ वर्षीय जसबेन्दर पासवान छन्। बस दुर्घटनापछि फरार रहेका चालक र सहचालकलाई प्रहरीले धनुषाबाट नियन्त्रणमा लिएर सोधपुछ भइरहेको डिएसपी न्यौपानेले जानकारी दिनु भएको छ ।
प्रकाशित मिति: २०२३-०८-२४ , समय : १०:३१:३३ , १ वर्ष अगाडि