बर्दघाटका पत्रकारहरु असुरक्षित भएको भन्दै नगरपालिकामा ज्ञापनपत्र बुझाए

रुपन्देही खबर , २४४  पटक हेरिएको

नवलपरासी, भदौ ६

बर्दघाट प्रेस क्लबले बर्दघाट क्षेत्रको पत्रकारीता र पत्रकारहरु असुरक्षित भएको भन्दै बर्दघाट नगरपालिकालाई ज्ञापन पत्र बुझाएको छ । आज बुधबार बर्दघाट प्रेस क्लब पदाधिकारीहरु, बर्दघाट नगरपालिका प्रमुख शम्भुलाल श्रेष्ठ, उप–प्रमुख रुद्रप्रकाश उपाध्याय, नगर प्रवक्ता सन्त बहादुर गाहा, सामाजिक विकास समितिका संयोजक तथा बर्दघाट १६ का वडाध्यक्ष भिमकाजी गुरुङको उपस्थितिमा क्लबका अध्यक्ष कुशमाकर ढकालले नगर प्रमुख श्रेष्ठ समक्ष ज्ञापन पत्र पेश गर्नुभएको हो ।

बर्दघाट नगरभित्रका विभिन्न विषयबस्तुहरुलाई सञ्चार माध्यममा प्रकाशन÷प्रसारण गरेकोमा विभिन्न पक्षहरुले समाचार तथा रिपोटसँग सम्बन्धित रहेर संचारकर्मीहरुलाई चेतावनी पुर्ण भाषा तथा अभिव्यक्ति आएको भन्दै क्लबले नगरलाई ध्यानाकर्षण गराएको हो । समाचार लेखनकै विषयलाई लिएर सरकारी वेतनधारीहरुले आफ्नो पदिय मर्यादा समेत ख्याल नगरी पत्रकारहरुलाई धम्क्याउने तथा संचार समाग्रीहरु तोडफोड गर्ने प्रयास गर्ने गरीएको ज्ञापन पत्रमा उल्लेख छ ।

क्लबद्धारा जारी ज्ञापन पत्रमा भनिएको छ ‘समाचार लेखनको विषयमा चित्त नबुझे समाचारको खण्डन गर्ने, पे्रस काउन्सिल नेपालमा उजुरी दिन सकिने कानुनी प्रावधान रहेको स्मरण गराउन चाहन्छौँ ।’
नेपालको संविधान २०७२ को धारा १७ को २ ९क० मा विचार तथा अभिव्यक्ति स्वतन्त्रता, धारा १९ मा संचारको हक, धारा १९ मा सूचनाको हक अन्तरगत रहेर आफूहरुको ध्यानाकर्षण भएको क्लबको ज्ञापन पत्रमा उल्लेख रहेको छ ।

प्रकाशित मिति: २०२३-०८-२३ , समय : २१:०६:५७ , १ वर्ष अगाडि