रुपन्देही खबर , २२१ पटक हेरिएको
परासी, भदौ २
रामग्राम महिला जेसीजको आयोजनामा शुक्रबार फरक क्षमता भएका बालबालिकाहरुलाइ सहयोगी सामग्री वितरण गरिएको छ । उक्त कार्यक्रम पाल्हीनन्दन गाउँपालिका वडा नं. ३ मा रहेको सिद्धार्थ माध्यमिक विद्यालयमा भएको हो । संस्थाको पुर्व अध्यक्ष प्रभा ज्ञवालीको जन्मदिनको अवसरमा उहाँ द्वारा गरिएको सहयोगमा विद्यालयमा अध्यनरत आर्थिक अवस्था कमजोर भएका विशेष क्षमता भएको बोल्न र सुन्न नसक्ने ९ जना विद्यार्थीहरुलाई बेडसिट, झुल लगायतको सामाग्रि वितरण गरिएको छ ।
महिला जेसीज वर्ष २०२३ कि अध्यक्ष जोगमाया कुमारी चौधरीको अध्यक्षतामा तथा संस्थाकै पुर्व अध्यक्ष( वर्ष २०१६)की प्रभा ज्ञवालिको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा बोल्दै प्रमुख अतिथी ज्ञवालीले बालबालिकाहरुको आवश्यकताका वस्तुहरु आफ्नो जन्मदिनको अवसरमा सहयोग गर्न अवसर पाउँदा खुसि व्यक्त गर्नु भएको थियो । कार्यक्रम सफल बनाउनका लागि सहकार्य गरेकोमा रामग्राम महिला जेसीज परीवारलाई उहाँले धन्यवाद दिनु भएको थियो ।
यस्तै कार्यक्रममा पाल्हीनन्दन गाउँपालिकाकी उपाध्यक्ष सकिना फातिमा खातुन अन्सारीले जेसीजले गरेको समाजसेवाको कार्य अतुलनिय कार्यरहेको बताउनु भयो । साथै उहाँले आयोजक संस्था र सहयोगिलाई धन्यबाद दिदै विद्यार्थीहरुको शिक्षाको विकासका लागि पालिकाबाट विशेष पहल गर्ने प्रतिबद्धता गर्नु भएको छ।
यस्तै कार्यक्रमा वडा नं. ३ का वडा अध्यक्ष बुधन प्रसाद हरिजन, विद्यालयका व्यवस्थापक शुरेस गुप्ता, प्रध्यानाध्यापक रविन्द्र प्रसाद शर्मा, कुशमहा आयूरवेद औषधालयको वरिष्ठ वैध धरमेन्द्र खनाल, विद्यालयका लेखापाल रमेश यादव लगायतको सहभागिता रहेको थियो ।
कार्यक्रमा स्वागत मन्तव्य महिला जेसीजकी कार्यकारीणि उपाध्यक्ष सरिता कुर्मिको रहेको संस्थाको महासचिव डोल्मा चौधरीले जानकारी दिनु भएको छ ।
प्रकाशित मिति: २०२३-०८-१९ , समय : १६:०९:३६ , १ वर्ष अगाडि