नवलपरासीको गुठी प्रसौनीमा अल्पसंख्यकसँग प्रहरी कार्यक्रम सम्पन्न

रुपन्देही खबर , ३५६  पटक हेरिएको

नवलपरासी , साउन ३१

जिल्ला प्रहरी कार्यालय नवलपरासीले समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्र्तगत अल्पसंख्यकसँग प्रहरी कार्यक्रम सम्पन्न गरेको छ । प्रतापपुर गाउँपालिका वडा नंम्बर ६ गुठिप्रसौनीमा रहेको जनजागृती माध्यामिक विद्यालयमा मंगलबार कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा जिल्ला प्रहरी कार्यालय नवलपरासीका कार्यालय प्रमुख प्रहरी उपरीक्षक काजी कुमार आचार्यले अल्पसंख्यक समुदायले भोग्नुपरेका समस्या, गुनासाका सम्बन्धमा सहभागिहरुसँग अन्तक्र्रिया गर्नुभएको थियो । यस्तै गरी जिप्रका नवलपरासीका प्रहरी नायव उपरीक्षक भोजराज पाण्डेयले सहभागिहरुलाई प्रहरी सेवा र कानुनी व्यवस्थाका बारेमा सहजीकरण गर्नु भएको थियो ।

कार्यक्रममा बिद्यालयका प्रधानाध्यापक वावुराम शर्मा सुवेदी , लगायत शिक्षक, शिक्षिका, स्थानिय जनप्रतिनिधी, बुद्धिजिवी, समाजसेवी तथा सोही वडा कठहवा गाउँ मुसहर वस्तिका स्थानिय वासिन्दाहरु, महिला, वालवालिका तथा जेष्ठ नागरिक गरी १ सय २० जनाको सहभागिता रहेको थियो ।

प्रकाशित मिति: २०२३-०८-१६ , समय : १४:४९:१९ , १ वर्ष अगाडि