राष्ट्रिय प्रजातन्त्र पार्टी पर्सा द्वारा स्वर्गीय राजा बिरेन्द्रको २० औ श्रध्दान्जली सभा मनाइयो

पवन शाह , ६३६  पटक हेरिएको

वीरगंज, जेठ १९

राष्ट्रिय प्रजातन्त्र पार्टी जिल्ला कार्यसमिति पर्साले स्वर्गीय पुर्ब राजा बिरेन्द्र बिरबिक्रम शाहदेवको बिसौ श्रध्दान्जली सभा मनाइएको छ।

विरगंज महानगरपालिका वडा नं १५ ल‌क्षुमनवामा अवस्थित स्वर्गीय पुर्ब राजा बिरेन्द्र बिरबिक्रम शाहदेवको शालिकमा दिप प्रज्वलन तथा माल्यार्पण गरि एक कार्यक्रमका बिच श्रध्दान्जली सभा मनाइएको हो ।

श्रध्दान्जली सभालाइ सम्बोधन गर्दै राष्ट्रिय प्रजातन्त्र पार्टी पर्साका शुमेश्वरनाथ उपाध्यायले स्वर्गीय पुर्ब राजा बिरेन्द्रको कार्यकालमा देशमा धेरै बिकास भएको बताउनु भएको छ । उहाले त्यो समय देशमा शान्ति सुरक्षाको अवस्था पनि राम्रो रहेको धारणा राख्नु भएको थियो ।

त्यस्तै पुर्व नेपाल प्रहरी कर्मचारी पर्सा जिल्लाका अध्यक्ष सत्रुधन सिंहले स्वर्गीय पुर्ब राजा बिरेन्द्र बिरबिक्रम शाहदेवको पालामा भएको बिकासको बारेमा चर्चा गर्नु भएको थियो ।

 

त्यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीका पुर्ब केन्द्रीय सदस्य नगिना यादवले स्वर्गीय पुर्ब राजा बिरेन्द्र बिरबिक्रम शाहदेवको हत्यारा अझै सम्म पत्ता नलाग्नुको कारण के हो र २० बर्ष बितिसक्दा पनि नेपाल सरकारले हत्यारा पत्ता लगाउन नसक्नु दु:खद विषय भएको बताउनु भएको थियो ।

त्यस्तै वीरगंज महानगरपालिकाका प्रत्यासी उपाध्यक्ष बिना जयसवाल कुर्मीले स्वर्गीय पुर्ब राजा बिरेन्द्र बिरबिक्रम शाह देवको हत्यारालाइ पता लगाइ कानुनी दायरामा ल्याउनको लागि नेपाल सरकार सँग माँग गर्नु भएको छ । उहाले देशमा आमनचयन ल्याउनका लागि राजतन्त्रको आवश्यकता रहेको बताउनु भयो ।

 

कार्यक्रममा राष्ट्रिय प्रजातन्त्र पार्टी पर्साका अध्यक्ष शुमेश्वरनाथ उपाध्यायको अध्यक्षतामा भएको कार्यक्रममा पार्टीका मधेस प्रदेश कोषाध्यक्ष तथा जिल्ला कोषाध्यक्ष जगरनाथ प्रसाद , पार्टीका जिल्ला अध्यक्ष अंगद ठाकुर, पार्टीका पुर्ब केन्द्रीय सदस्य नगिना यादव, पार्टी जिल्ला उपाध्यक्ष राजेश कुमार गुप्ता,गोगिनदर पटेल, जिल्ला सचिव पनालाल पटेल, अजय पौडेल, जिल्ला सह सचिव पवन प्रसाद साह, वीरगंज महानगर अध्यक्ष जलेश्वर सरार्फ, किरणराज डंगोल, नरेन्द्र चौरसिया, राष्ट्रिय प्रजातन्त्रिक युवा संगठन पर्सा जिल्ला अध्यक्ष राजाबाबु चौरसिया,रोसन यादव,दिपनारायण यादव लगायतको सहभागिता रहेको थियो।

प्रकाशित मिति: २०२२-०६-०२ , समय : २१:२१:५८ , २ वर्ष अगाडि