दैनिक तनाव ब्यबस्थापनका लागि ध्यान सिकाई कार्यक्रम

रुपन्देही खबर , २८९  पटक हेरिएको

कञ्चन, साउन २६

रुपन्देहीको कञ्चन गाउपालिकामा कृयाशिल कञ्चन साथी सञ्जालले युवाहरुको दैनिक तनाव ब्यबस्थापनका लागि ध्यान कार्यक्रम सम्पन्न गरेको छ । युवाहरुमा दैनिक तनाव व्यवस्थापन र स्वस्थ जीवन प्रवद्र्धन गर्ने उद्धेश्यका साथ कञ्चन गाउपालिकाको दियो सभाहलमा युवालाई ध्यान सिकाई कार्यक्रम संचालन गरेको हो।

सुनगाभा सामुदायिक बिकास केन्द्र, कञ्चन गाउपालिका र स्ट्रोम फाउण्डेशनको सहयोगमा संचालन गरिएको कार्यक्रममा बिभिन्न बिद्यालयका बिधार्थीहरु, युवा तथा संकल्प समूह तथा बिभिन्न टोल बिकास संस्थाका प्रतिनीधि, साथी सञ्जालका किशोर किशोरीहरुको समेत सहभागिता रहेको कार्यक्रम रहेको थियो।
अन्तराष्ट्रिय युवा दिवसको अवसरमा संचालन गरिएको ध्यान सिकाई कार्यक्रममा सहभागीहरुलाई भन्टे बिशाल ज्ञानले ध्यानको महत्व र त्यसले जिवनमा पार्ने सकारात्मक प्रभावहरुका बारेमा प्रवचन दिनु भएको थियो।

६० जना युवा, बिधार्थी र किशोर किशोरीहरुको सहभगिता रहेको कार्यक्रममा कञ्चन साथी सञ्जालका अध्यक्ष टीका थापा मगरको अध्यक्षता तथा सचिव बिष्णु सुनारले सहजिकरण गर्नु भएको थियो ।

प्रकाशित मिति: २०२३-०८-११ , समय : ११:४८:०८ , १ वर्ष अगाडि