महिला संघका कारण नवलपरासी काङ्ग्रेसमा विवाद चुलियो

प्रकाश न्यौपाने , २८४  पटक हेरिएको

नवलपरासी , साउन २२

पश्चिम नवलपरासीमा महिला संघको जिल्ला नेतृत्व चयनको बिषयलाई लिएर काङ्ग्रेसमा विवाद चुलिएको छ । नेपाली काङ्ग्रेसको भातृ सस्था नेपाल महिला संघ जिल्ला कार्यसमितिको पदावधि सकिएसगै केन्द्रले साउन १७ गते जिल्लामा सक्रिय महिला संघको नेतृत्व समाल्न सक्ने ३ जना महिलाहरुको नाम पठाउन जिल्ला सभापतिलाई पत्र पठाएको थियो ।

१७ गते केन्द्र पत्र आएपछि १९ गते ३ बजे जिल्लाका लागि जिल्ला कार्यसमितिका पदाधिकारीको बैठक बोलाएको जिल्ला सचीव कुलदिप आचार्यले बताउनु भयो । आचार्य भन्नुहुन्छ १९ गते नाम सिफारिसका लागी जिल्लामा छलफल गर्ने र नाम सिफारिस गर्ने तयारी चलिरहेको थियो । तर १९ गते २ बजे नै केन्द्रको पत्र सामाजिक संजालमा आयो ।

साउन १७ गते जिल्लालाई नाम सिफारिस गर्ने पत्र पठाएको केन्द्रले जिल्लाको सिफारिस बिना नै १९ गते तारादेवी भण्डारीलाई सभापति मनोनयन गरिएको पत्र पठाएको थियो । जिल्लाले सिफारिस गर्न नपाउदै अध्यक्ष उषा रावत मिश्रले भन्डारीलाई नै तोकेर पत्र पठाएपछि जिल्लाका महिला नेतृहरुले बिधान बिपरित भएको भन्दै असन्तुष्टि ब्यक्त गरेका छ्न । साउन १९ गते केन्द्रले पठाएको पत्रको आपत्ती जनाउँदै कृयाशिल महिलाहरूको भेलाले पश्चिम नवलपरासीमा मिठु कुमारी केसिको नेतृत्वमा १५ सदस्यीय महिला संघ तदर्थ समिति गठन गरेका छन ।

“सबै महिलाहरू अवसरका लागि पार्टीमा दुख गरेका छ्न कुनै ब्यक्ति विशेषलाई नै तोकेर पठाउने भए अरुले राजनीतिक किन गर्ने ? महिला नेतृ तथा तदर्थ समितिका अध्यक्ष मिठु केसि प्रश्न गर्दै भन्नुभयो । भेलामा उपस्थित महिलाहरुले काङ्ग्रेसमा अझै पनि टिके प्रथाको अन्त्य हुन नसकेको बताएका छन ।

केन्द्र बाट पत्र आएसंगै जिल्लामा केही मत्थरीएको बिवाद पुन चुलिएको छ । मुलत सस्थापन पक्षले एकोहोरो रुपमा पत्र पठाएको र बिधान अनुरुप चल्नुपर्ने भन्दै ईतर समुहले असन्तुष्टि जनाउदै आएको छ ।केन्द्रले तोकेर पठाएको पत्र आधिकारिक भएकोले सोही मनोनयन नै मान्य हुने जिल्लाका सस्थापन पक्षका नेताहरूको भनाई छ ।तर पत्र आएपछि महिला संघमा आबद्ध महिलाहरुले आफुहरुको राजनीति भविष्य केन्द्रले खोस्ने प्रयास गरेको भन्दै आपत्ति जनाएका छन ।

सस्थापन समुहका नेता एवम पुर्व गृह राज्यमन्त्री देवेन्द्रराज कण्डेलको दवाबमा केन्द्रले पत्र पठाएको भेलामा सक्रिय महिलाहरूको आरोप रहेको छ । यता नेता कंडेलले भने बिधानमा महिला संघको जिल्ला सभापति हुनलाई महाधिवेशन प्रतिनिधि हुनुपर्ने प्रावधान रहेकाले जिल्ला कार्यसमितिले समयमै तेस्तो नाम सिफारिस गर्न नसकेकाले केन्द्रले अन्य जिल्लामा पनि मनोनयन गरेको छ । अन्य जिल्लामा जस्तै नवलपरासीमा पनि तारादेवी भण्डारीलाई मनोनयन गरेर पत्र पठाएको दावी गर्नु भयो ।” यो सामान्य बिषय हो अरु जिल्लामा पनि पत्र आएको छ,तदर्थ समिती अधिबेशन सम्म मात्रै हो यसलाई ठूलो बिषय बनाउनु जरुरी छैन । ” नेता कंडेलको भनाई छ ।

केन्द्रले पत्र पठाउदा महाधिवेशन प्रतिनिधि मध्ये बाट भनेर पत्रमा स्पष्ट नखुलाएको र पत्र पठाउने बितिकै कुनै समय नदिई केन्द्र बाटै मनोनित गरिएकाले कृयाशिल महिलाहरुले आपत्ती जनाएको लुम्बिनी प्रदेशका महामन्त्री बिक्रम खनालको भनाई छ ।” खनाल भन्नुहुन्छ महाधिवेशन प्रतिनिधि रहनु पर्ने कुरा बिधानमा छ त्यो ठिक छ, तर केन्द्रले लेखेको पत्रमा किन नखुलाएको ? अनि १७ गते पत्र पठाउने १९ गते जिल्लाको सिफारिस बिना नै केन्द्रले मनोनयन पत्र पठाउने ? पार्टी बिधान अनुसार चल्नु पर्दैन ?खनालको प्रश्न छ । तदर्थ समिती रहेपनी सबै महिलाहरुको भावनालाई कदर गरिनु पर्ने खनालको धारणा छ ।

जिल्लामा ईतर समुहबाट बिक्रम खनाल र सस्थापन पक्ष बाट देवेन्द्रराज कंडेलको दुई गुट रहेकाले जिल्लामा सधै विवाद उत्पन्न हुने गरेको छ । नवलपरासी क्षेत्र नम्बर १ बाट लुम्बिनी प्रदेशका महामन्त्री बिक्रम खनाल र केन्द्रिय सदस्य बिनोद चौधरीको टिकट विवाद भएपछि अन्तत सस्थापन पक्षका चौधरीले टिकट हात पार्नु भएको थियो । त्यस यता नवलपरासी काङ्ग्रेसमा संस्थापन तर्फ चौधरी र कंडेल देखीनु भएको छ भने खनालले सस्थापन इतरको नेतृत्व गर्दै आउनुभएको छ ।

प्रकाशित मिति: २०२३-०८-०७ , समय : २२:१२:१३ , १ वर्ष अगाडि