बेन्च हस्तान्तरण गर्दै जिसनले मनायो २१ औं स्थापना दिवस

प्रकाश न्यौपाने , ३४३  पटक हेरिएको

नवलपरासी, साउन २२

पश्चिम नवलपरासीमा रहेको शैक्षिक एक्यवद्धताको समुह जिसन नवलपरासीले २१ औं स्थापना दिवस सोमबार मनाएको छ । स्थापना दिवसको अवसरमा बुद्ध मंगल ताल व्यवस्थापन समितिलाई ४ वटा कन्क्रीट बेन्च हस्तान्तरण र शुभकामना आदानप्रदान गरि मनाएको छ ।

निवर्तमान अध्यक्ष एवम प्रमुख सल्लाहकार सन्तोष रौनियारले कार्यक्रममा बोल्दै स्थानीय स्तरमा पर्यटन प्रवद्र्धन गर्न जिसनले सहयोग गर्ने बताउनु भएको छ । उहाँ भन्नु भयो हामीले विद्यार्थी, अभिभावक, विद्यालय सञ्चालक लगायतलाई स्थानीय पर्यटकिय क्षेत्रमा भम्रण तथा बनभोज कार्यक्रम गरि पर्यटन प्रवद्र्धन गर्छाै ।
यस्तै गरी वडा नम्बर १२ का वडा अध्यक्ष उमाशकर चौधरी र वडा नम्बर १३ का वडा अध्यक्ष नर बहादुर चौधरी बुद्ध मगल तालको एतिहासिक गरिमा प्रस्तुत गर्दै आन्तरिक रुपमा पर्यटन प्रवद्र्धनमा सहयोग गर्ने आग्रह गर्नु भएको छ ।

जिसनका पुर्व अध्यक्ष एव सल्लाहकार इन्द्र बहादुर गुरुङ्गले जिसनले सामाजिक उत्तरदायित्व महशुस गर्दै विभिन्न सामाजिक कामहरु गरिरहेको बताउदै आगामी दिनमा बुद्ध मंगल तालको संरक्षणमा स्थानीय सरकार संग मिलेर अघि बढ्ने बताउनु भयो ।

पुर्व अध्यक्ष एवम सल्लाहकार यम बहादुर थापा, बुद्धमंगल ताल सरक्षण समितीका अध्यक्ष जय बल्लभ पाठक, बुद्धमंगल ताल महिला जागृती बन उपभोक्ता समितिकी अध्यक्ष गोमा खाती लगायतले बोल्दै जिसनले बुद्धमंगल तालमा पर्यटन प्रबद्र्धन गर्न महत्वपूर्ण भुमिका खेल्ने अपेक्षा व्यक्त गर्नु भयो ।
कार्यक्रममा जिसन नवलपरासीका अध्यक्ष डम्बरबहादुर गुरुङ्गको अध्यक्षता, वरिष्ठ उपाध्यक्ष थमन शेरचनको स्वागत रहेको कार्यक्रमको संचालन जिसन सचिब यज्ञ प्रसाद न्यौपानेले गर्नु भएको थियो ।

प्रकाशित मिति: २०२३-०८-०७ , समय : २१:५९:४० , १ वर्ष अगाडि