पेट्रोलियम ब्यवसायीलाई अग्नी सुरक्षा सम्बन्धी अभिमुखिकरण

रुपन्देही खबर , १७१  पटक हेरिएको

बुटवल , साउन १५

पश्चिमाञ्चल पेट्रोलियम डिलर्स एशोसिएसन बुटवल रुपन्देहीले पेट्रोल पम्पमा हुन सक्ने आगलागी तथा आगलागी नियन्त्रणका बिषयमा सदस्य ब्यवसायीहरुलाई अभिमुखिकरण गरेको छ । एशोसिएसनले नेपाल आयल निगम लिमिटेड लुम्बिनी प्रादेशिक कार्यालय भलवारी रुपन्देहीको सहजिकरणमा ब्यवसायीहरुलाई आगालागी हुन नदिने र आगलागी भएमा अग्नि नियन्त्रण गर्ने उपकरणको प्रयोग र अपनाउनु पर्ने सुरक्षा सतर्कताका बिषयमा अभिमुखिकरण गरेको हो ।

पेट्रोलियम पदार्थ अति नै संबेदनशील र अत्यधिक प्रज्वलनसिल पदार्थ भएकाले एशोसिएसनले बार्षिक कार्ययोजना अनुसार एशोसिएसनमा आबद्द ब्यवसायीहरुलाइ अग्नी सुरक्षा तथा आकस्मिक प्रतिक्रिया योजना सम्बन्धी अभिमुखिकरण कार्यक्रम गरिएको एशोसिएसनका अध्यक्ष हिमाल गैरेले बताउनु भयो ।

सबै पेट्रोल पम्पहरुमा अग्नी नियन्त्रण गर्ने उपकरणहरुको ब्यवस्था भएपनि उपकरण प्रयोग गर्न नजानेमा हुने क्षती नियन्त्रण तथा उपकरण प्रयोग गर्ने सहि बिधीका बिषयमा निगमका दक्ष प्राबिधिकहरुबाट प्रयोगात्मक सहजिकरण गरिएको एशोसिएसनका अध्यक्ष गैरेले जानकारी गराउनु भयो ।

कार्यक्रममा नेपाल आयल निगमका प्रादेशिक प्रमुख जगदिशचन्द्र यादवले यस्ता कार्यक्रमले पेट्रोल पम्पहरुमा आगलागिहुन नदिन अपनाउनुपर्ने सुरक्षा सतर्कता र आगलागी भैहालेमा अग्नी नियन्त्रणमा सहयोग पुग्ने बिश्वास ब्यक्त गर्नुभयो । नेपाल आयल निगम भलवारि परिसरमा आयोजाना गरिएको अभिमुखिकरण कार्यक्रममा आयल निगमका उप प्रबन्धक अशोक अर्याल, नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एशोसिएशनका केन्द्रीय सदस्य राजु न्यौपाने, निगमका प्राविधिक श्यामलाल खनाल र उमेशजंग रायमाझीलगायतले कार्यक्रम उपलब्धिमुलक भएको भन्दै आगामी दिनमा पनि यसलाइ निरन्तरता दिनुपर्ने बताउनु भयो ।
उक्त कार्यक्रममा डिलर व्यवसायी एवं निगमका कर्मचारी गरी ११० जनाको सहभागिता रहेको एशोसिएसनका महासचिव हरिराम कसौधनले जानकारी गराउनु भयो ।

प्रकाशित मिति: २०२३-०७-३१ , समय : २०:४१:०८ , १ वर्ष अगाडि