परासीमा बेवारिसे अवस्थामा स्कुटर फेला

रबिन्द्र यादव , २८८  पटक हेरिएको

पश्चिम नवलपरासी,साउन १२

पश्चिम नवलपरासीको रामग्राम नगरपालिका वडा नं ६ पोखरापाली स्थित सडकको छेउमा बिहिवार बेवारिसे अवस्थामा नेपाली प्लेट नम्बरको स्कुटर फेला पारेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय परासीबाट गएको गस्ती टोलीले उक्त स्कुटरलाई बेवारिसे अवस्थामा देखेपछि कार्यालयमा ल्याएको सुचना अधिकारी भोजराज पाण्डेले बताउनु भएको छ । अहिले ग २४ प ६२१ नम्बर प्लेट तथा रातो र कालो कलर भएको स्कुटर जिल्ला प्रहरी कार्यालय परासीमा राखिएको छ ।

सम्बन्धित स्कुटर धनीले आफ्ना आवश्यक कागजात सहित कार्यालयमा आएर सम्पर्क राख्न सक्ने उहाले बताउनु भएको छ । एक साता अगाडि जिल्लाको प्रतापपुर र सुस्ता गाउँपालिकाबाट एकै दिन रातिको समयमा गाडी धनीको घर आगनबाट ४ वटा मोटरसाइकल चोरी भएको थियोे । जिल्लामा मोटरसाइकल चोरीको घटना बढ्दै जादा प्रहरीले रातिको बेला गस्ती बढाउन जरुरी देखिन्छ ।

प्रकाशित मिति: २०२३-०७-२८ , समय : १५:३२:४० , १ वर्ष अगाडि