रुपन्देही खबर , २९५ पटक हेरिएको
काठमाडौं,साउन ३
राजस्व अनुसन्धान विभागले बुधबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा गरेको अपरेशनमा ८० किलोभन्दा माथिको सुन बरामद गरेको छ । विभागका महानिर्देशक नवराज ढुङ्गानाले ८० देखि १०० किलोको बीचमा सुन बरामद गरिएको जानकारी दिनु भएकाृ छ । उहाका अनुसार उक्त सुन ओसारपसारमा संलग्न रहेका तीन जनालाई पक्राउ गरिएको छ ।
विमानस्थल जाँचपास भएर आएको सुन विमानस्थल भन्सार गेट अगाडिबाट ट्याक्सीमा हालेर लैजान लागेका बेला बरामद भएको उहाले बताउनु भएको छ । उहाले सुन हङ्कङबाट आएको खुलेको जानकारी दिनु भयो । थप अनुसन्धान जारी रहेकाले भोलि बिहिबार सम्ममा धेरै कुराहरु खुल्ने उहाले बताउनु भएको छ ।
प्रकाशित मिति: २०२३-०७-१९ , समय : २३:१७:५२ , २ वर्ष अगाडि