रुपन्देही खबर , १४८ पटक हेरिएको
काठमाडौं ,असार १७
नारायणगढ-मुग्लिन सडकखण्ड शनिबार रातिदेखि पुनः अवरुद्ध भएको छ । राति साढे ११ बजेतिर तीन नम्बर पुल नजिक ढुंगासहित खसेको पहिरोले सडक पुनः अवरुद्ध भएको हो । लगातार २७ घण्टा अवरुद्ध भएको सडक शनिबार साँझ ५ बजेदेखि सञ्चालनमा आएको थियो । तर राति साढे ११ बजे खसेको पहिरोले दुईतर्फी नै सडक अवरुद्ध भएको मुग्लिन प्रहरीले जनाएको छ ।
अहिले पहिरो पन्छाइरहेको मुग्लिनस्थित प्रहरी कार्यालयका प्रहरी निरीक्षक बिशाल तामाङले जानकारी दिनु भएको छ । ‘राति १० बजेदेखि पहिरो खस्न सुरु गरेको थियो । राति साढे ११ बजेतिर अघिल्ला दिनको तुलनामा ठूलै पहिरो खसेर दुईतर्फी सडक नै अवरुद्ध भएको छ प्रहरी निरीक्षक तामाङले भन्नु भयो , ‘पहिरो पन्छाउन समय लाग्ने उहाले जानकारी दिनु भयो । नारायणगढ-मुग्लिन सडकखण्डको तुइन खोला पुल बनाउनका लागि अनक कन्स्ट्रक्सनले भित्ता काट्न कठिन भएको भनेको ठाउँबाट निरन्तर पहिरो झरिरहेको छ । पहिरोका कारण लामो समयसम्म सडक अवरुद्ध हुँदा यात्रुहरु मर्कामा पर्दै आएका छन् । सडकमा सवारी साधनहरूको लामो लाइन लागेको छ ।
प्रकाशित मिति: २०२३-०७-०२ , समय : ०८:१९:०० , २ वर्ष अगाडि