बर्द्घघाटमा लुम्बिनी प्रदेश स्तरीय कविता प्रतियोगिता सम्पन्न

प्रकाश न्यौपाने , ४३३  पटक हेरिएको

नवलपरासी,असार १६

पश्चिम नवलपरासीको बर्दघाटमा लुम्बिनी प्रदेश स्तरीय कविता प्रतियोगिता शनिबार सम्पन्न भएको छ । बर्दघाट प्रज्ञा प्रतिष्ठानले आयोजना गरेको पहिलो लुम्बिनी प्रदेश स्तरीय कवि प्रतियोगितामा रोल्पाका टंक बहादुर झाक्री मगर प्रथम स्थान हासिल गर्नु भएको छ । दोस्रो स्थान हुन सफल कपिलवस्तुका शिशिर बन्जाडे, तेस्रो स्थानमा हुन सफल नवीन अभिलासी र शान्तवना पदमावती रिजाल हुन सफल हुनु भएको छ । प्रतियोगितामा प्रथमलाइ २५ हजार र दोस्रोलाई २० हजार, तेस्रोलाई १५ हजार र शान्तवनालाइ १० हजार नगद सहित प्रमाण पत्र प्रदान गरिएको छ ।

कार्यक्रममा बोल्दै लुम्बिनी प्रदेश सभा सदस्य बिश्वप्रेम पाठकले
साहित्य समाजको दर्पण रहेको बताउनु भयो । उहाँ भन्नुहुन्छ -” साहित्य बिना समाज बिकास हुन सक्दैन समाज बिकास नभए सम्म देश बिकास हुन सक्दैन तसर्थ देश बिकास हुनका लागि साहित्यको बिकास हुनुपर्छ ।” बर्दघाट नगर प्रमुख शम्भुलाल श्रेष्ठले प्रज्ञा प्रतिष्ठाले लुम्बिनी प्रदेशका कबिहरुलाई नगरमा ल्याइ कविता प्रतियोगिता र कवि गोष्ठी गरेर नगरले थप उचाई हासिल गरेको बताउनु भयो । त्यस्तै नगर उपप्रमुख रुद्र प्रकाश उपाध्ययले साहित्य समाजको ऎन मात्र नभइ समाज परिवर्तनको सम्बाहक रहेको बताउनु भयो ।

लुम्बिनी प्रदेश भित्र रहेका १२ वटा जिल्लाबाट ५१ वटा कविताले प्रतियोगितामा भाग लिएका थिए । जसमध्ये २५ जना कवीहरुले आफ्नो कविता प्रस्तुत गर्नु भएको छ । प्रतियोगितामा श्याम प्रसाद न्यौपाने, कबिराज पौडेल र टिकाराम उसासी मगर मुल्यांकनकर्ता रहनु भएको छ । बर्दघाट प्रज्ञा प्रतिष्ठानका कुलपति घनश्याम न्यौपानेको अध्यक्षता रहेको कार्यक्रममा कवि गोष्ठीका संयोजक हुमनाथ आचार्यले स्वागत र संचालन सदस्य सचिब बामदेब अधिकारीले र धन्यवाद मन्तव्य उपकुलपति टीका बहादुर पहारीले व्यक्त गर्नुभएको थियो ।

प्रकाशित मिति: २०२३-०७-०१ , समय : २०:१२:४३ , १ वर्ष अगाडि