कञ्चनमा निर्वाचनका सम्पुर्ण कार्यहरु सम्पन्न, दलित तथा अल्पसंख्यकबाट तुलाचन र मगर निर्वाचित

जगिलाल थापा , ७६१  पटक हेरिएको

कञ्चन, जेठ १७

रुपन्देहीको कञ्चनमा निर्वाचनका सम्पुर्ण कार्यहरु सम्पन्न भएका छन। दलित तथा अल्पसंख्यक समुदायबाट २ जना र निर्वाचितहरु महिला सदस्यहरु मध्येबाट ४ जना कार्यपालिका सदस्यको लागि आज निर्वाचन भएको हो ।

आज सम्पन्न भएको निर्वाचनबाट दलित तथा अल्पसंख्यकहरुबाट वडा नं. १ का चित्र तुलाचन र र वडा नं. ५ का कुमरी घर्ति मगर सावँर निर्वाचित भएका भएका छन।दलित तथा अल्पसंख्यकहरु मध्येवाट २ जना कार्यपालिका सदस्यका लागि नेकपा एमालेको तर्फबाट पुरन बहादुर नेपाली र नरजित बिश्वकर्माले उमेद्वारी दिएका थिए। यस्तै नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रको संयुक्त गठबन्धनबाट चित्र तुलाचन र कुमारी घर्ति सावँरले उमेद्वारी दिएका थिए ।

यसैगरी ४ जना महिला कार्यापालिका सदस्य पदमा शुसिला थापा, सुकमाया दर्जी, खगीसरा शर्मा र रञ्जना थारु निर्वाचित भएका छन। कञ्चन गाउपालिकाको २७ जना निर्वाचित प्रतिनीधिहरुबाट छनौट हुने उक्त पदका लागि नेकपा मालेको तर्फबाट जुना परिया दर्जी र मिना बि.क. सुनारले उमेद्वारी दिएका थिए । यस्तै नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रको संयुक्त गठबन्धनबाट शुसिला थापा, सुकमाया दर्जी, खगीसरा शर्मा र रञ्जना थारुले उमेद्वारी दिएका थिए ।

कञ्चनमा गाउपालिका अध्यक्ष र उपाध्यक्ष सहित ३ वटा वडामा नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रको संयुक्त गठबन्धनले जितेको छन भने २ वटा वडामा नेकपा एमालेका उमेद्वारहरु विजयी भएका छन।

प्रकाशित मिति: २०२२-०५-३१ , समय : २२:२०:३३ , २ वर्ष अगाडि