गोपाल सेवा समितीको केन्द्रिय बैठक नवलपरासीमा सम्पन्न

गोपाल सेवा समितिमा राजनीतिक गन्ध नआउने गरि एकजुट भएर काम गर्न आग्रह

उर्मिला यादव यात्री , ५२९  पटक हेरिएको

नवलपरासी, असार १२

गोपाल सेवा समितीको केन्द्रिय बैठक तथा ३० बर्ष पुरा भएको हाल सम्म संगठनको अवस्था, संगठन बिस्तार , सल्लाह सुझाव, संकलन एवम समिक्षा बिषयक अन्तरक्रिया कार्यक्रम नवलपरासीको रामग्राम नगरपालिका वडा नम्बर १६ शुक्रौलीमा सम्पन्न भएको छ । गोपाल सेवा समितीका केन्द्रिय उपाध्यक्ष भरथरी यादवको अध्यक्षता तथा जिल्ला समन्वय समिती नवलपरासीका प्रमुख भगौती यादवको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो । यादव जातिको उत्थान गर्नका लागि गोपाल सेवा समितिको गठन गरिएकोले बोल्ने बक्ताहरुले केन्द्रिय समितिलाई निति निर्माण गरि काम गर्न आग्रह गरेका छन । गोपाल सेवा समितिमा राजनीतिक गन्ध नआउने गरि एकजुट भएर काम गर्न आग्रह गरिएको छ भने यादव जाती माथी चौतर्फी आक्रमण हुन लागेकोले जातिय एकता हुन आवश्यक रहेको बक्ताहरुको जोड दिएका छन ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथी जिल्ला समन्वय समिती नवलपरासीका प्रमुख भगौती यादवले गोपाल सेवा समितीलाई संगठित भएर काम गर्न आग्रह गर्नु भएको छ । उहाले एक ढिक्का भएर एकतामा गरीएको कामले नै समाजमा परिर्वतन ल्याएकोले संगठित भएर काम गर्न अनुरोध गर्नु भएको हो । उहाले नवलपरासीमा गोपाल सेवा समिती केही समय अगाडी मात्र गठन भएकोले जिल्लाले धेरै काम गर्न बाकी रहेको उल्लेख गर्नु भयो । उहाले गोपाल सेवा समितीले आजिवन सदस्यता र साधारण सदस्यता खुलाएर संगठनलाई बिस्तार गर्दै जानुपर्ने जोड दिनु भयो । उहाले गोपाल सेवा समितीले गरेका काम, प्रगति र कति जिल्लामा संगठन बिस्तार भएको छ सो बारे अन्य जिल्लाका कार्यसमितीलाई पनि जानकारी गराउनु पर्ने बताउनु भएको छ । उहाले केन्द्रले जिल्लामा रहेका कार्य समितीहरुलाई मार्ग निर्देश गर्दै लैजानुपर्ने र जिल्लाले गर्नुपर्ने दायित्व महसुस गराउनुपर्ने बताउदै आफनो जिल्लामा गोपाल सेवा समितीलाई बिस्तार गर्दै अगाडि बढाउने प्रतिबद्धता समेत गर्नु भएको छ ।

यस्तै गरी कार्यक्रममा बोल्दै बिशिष्ठ अतिथी डा. रिना यादवले यादव समुदायको इतिहास हामीले अध्ययन गर्नुपर्ने बताउनु भएको छ । उहाले यादव समुदाय हरेक देशमा अग्र स्थानमा रहेको बताउदै एउटा देशमा गरीएको यादव माथिको आक्रमण अर्काे देशमा पनि प्रभाव परेको बताउनु भएको छ । उहाले यादव समुदायबाट अघि बढनेका खुटटा तान्ने प्रबृतिले यादवहरु पछि धकेलिएको बताउनु भयो । उहाले यादव समुदाय नै यादवको बाधक बनेको उल्लेख गर्नु भयो । एक अर्काको खुटटा तान्ने प्रवृतिले यादव समुदायमा धेरै समस्या उत्पन्न गरेको बताउनु भयो । उहाले यादव समुदायमा पितृसत्तात्मक सोचले महिलालाई अघि बढन नदिएको गुनासो गर्नु भएको छ । पुरुष मात्रै नेतृत्व तहमा आउने र महिलालाई घरभित्र मात्रै सिमित राख्ने सोचले महिला अगाडी आउदा आफनै समुदायका पुरुषहरुले साथ नदिएको डा. यादवको भनाई छ । उहाले महिलाले नेतृत्व पाउन समाजमा धेरै चुनौती रहेको उल्लेख गर्दै यादव समुदायमा अझै पनि परिर्वतन ल्याउन जरुरी रहेको उल्लेख गर्नु भयो । उहाले गोपाल सेवा समितीलाई आफनो उदेश्य अनुसार काम गर्न आग्रह गर्नु भएको छ । उहाले पार्टीगत र आफनालाई मात्र प्राथमिकतामा राख्दा गोपाल सेवा समितीले सही नेतृत्व पाउन नसकेको र अगाडी बढन पनि नसकेको गुनासो गर्नु भयो ।


कार्यक्रममा बोल्दै गोपाल सेवा समितीका केन्द्रिय उपाध्यक्ष तथा रुपन्देही जिल्ला अध्यक्ष भरथरी यादवले गोपाल सेवा समितीले नियमित कार्यक्रम गर्दै समितीलाई सक्रिय बनाउदै लैजान आग्रह गर्नु भएको छ । उहाले समाजमा परिर्वतन ल्याउन महिला र पुरुष दुबैको उत्तिकै भुमिका रहेकोले गोपाल सेवा समितीलाई समानुपातिक रुपमा हरेक जिल्लामा बिस्तार गर्ने योजनाको साथ काम गर्दै आएको बताउनु भयो । उहाले गोपाल सेवा समितीले केन्द्रिय अध्यक्षमा उम्मेदवारी दिन सक्ने खालका महिलाहरुको उत्पादन गर्न सफल भएकोमा खुसी ब्यक्त गर्नु भएको थियो ।

कार्यक्रममा बिरहा गायक उमेश यादवको स्वागत मन्तब्य रहेको कार्यक्रममा प्रतापपुर गाउपालिका अध्यक्ष उमेश चन्द्र यादव, गोपाल सेवा समिती नवलपरासी जिल्ला अध्यक्ष बुद्धिराम यादव, केन्द्रिय उपमहासचिव महेन्द्र राय यादव, उपमहासचिव आशा कुमारी यादव, जिल्ला कोषाध्यक्ष पप्पु यादव, जिल्ला सचिव जर्नादन यादव, बिरहा गायक हरिलाल यादव लगायतले बोल्दै यादव समुदायमा एकता कायम गर्दै काम गर्न आग्रह गर्नु भएको छ ।

प्रकाशित मिति: २०२३-०६-२७ , समय : २२:३१:३३ , १ वर्ष अगाडि