rupandehi khabar , ५०३ पटक हेरिएको
भैरहवा, असार १०
रुपन्देहीको ओमसतिया गाउँपालिकाले आर्थिक बर्ष २०८०÷०८१ को निति तथा कार्यक्रम सार्वजनिक गरेको छ । “ओमसतियाको शानः शिक्षा स्वास्थ्य सुधार हाम्रो अभियान” भन्ने नारा सहित आउदो आर्थिक बर्षमा पालिकाले सुन्दर, समुुन्नत र समृद्ध गाउँपालिका निर्माण गर्ने संकल्प गरेको छ । निति तथा कार्यक्रम प्रस्तुुत गर्दै गाउँपालिका अध्यक्ष मन्जित कुमार यादव (सोनुु) ले पालिकालाई उत्कृष्ट गन्तब्यको रुपमा स्थापित गर्ने, स्वच्छ सफा र सुन्दर गाउँपालिकाको पहिचान बनाउन योजनाबद्ध शहरीकरण तथा बस्ती विकासलाई निति तथा कार्यक्रमले प्राथमिकतामा राखेको बताउनु भएको छ ।
बैदेशिक रोजगारीबाट फर्किएका युवाहरुले आर्जन गरेको सीप र दक्षतालाई उपयोग गरि “बिदेश छोडौ, बिजनेश गरौ ” भन्ने नाराका साथ स्वरोजगार उन्मुख बनाई आय आर्जनको दायरा फराकिलो बनाउने पालिकाले निति लिएको यादवले बताए । पालिकाले सामाजिक विकास अन्र्तगत शिक्षा, युवा तथा खेलकुुद, संस्कृति एवम लैङ्गिक समानता र सामाजिक समावेशीकरणलाई प्राथमिकतामा परेको उनले बताउनु भएको छ ।
। “हिंसा मुक्त गाउँपालिका हाम्रो पहिचान” अन्र्तगत लैङ्गिक परिक्षणको ब्यवस्था मिलाईने निति तथा कार्यक्रममा उल्लेख छ । स्वास्थ्य तर्फ पालिका भित्रका सबै स्वास्थ्य संस्थालाई किशोरीमैत्री बनाईने निति लिईएको यादवले बताउनु भएको छ ।
।
आर्थिक बिकासका सम्भावनाहरुको पहिचान र ब्यवसायीक परिचालनका लागि गाउँपालिकाले बिशेष पहल गर्ने र यसको लागि स्थानिय तहमा ब्यवसायीक वातावरणको विकास गर्न गाउँपालिकाले निजि क्षेत्र, सार्वजनिक क्षेत्र र सहकारीको सहभागीता रहने गरि आर्थिक विकास सम्वाद मञ्च गठन गर्ने पालिकाको योजना रहेको छ । लगानीमैत्री निति तथा औद्योगिक पूर्वाधार सुुदृढीकरण गर्दै उद्योग तथा पर्यटन विकासको निति लिईने निति तथा कार्यक्रममा उल्लेख छ । गाउँपालिकाले न्याय सम्पादनको कार्यलाई थप ब्यवस्थित बनाउन डिजिटल जस्टिस सफ्टवेयर तयार गरि लागु गर्ने योजना रहेको छ । पूर्वाधार निर्माणका आयोजनाहरु सञ्चालन गर्दा लागत–लाभ बिश्लेषणको आधारमा उच्च नतिजा एवम प्रतिफल दिने आयोजनाहरु पहिचान गरि आयोजना बैंक तयार गरिने पालिका अध्यक्ष यादवले बताउनु भएको छ ।
ओमसतियाको बजेट ४७ करोड
आईतबार भएको पालिकाको १३ औं गाउँसभाले ४७ करोड ६६ लाख ९६ हजार १ सय ७ रुपैया बराबरको बजेट सार्वजनिक गरेको छ । बजेट सार्वजनिक गर्दै गाउँपालिका उपाध्यक्ष सुनिता चौधरीले आर्थिक बर्ष २०८०÷०८१ मा सो बराबरको अनुमानित आय ब्यय पेश गरेकी हुन् । चौधरीले पेश गरेको बजेटमा राजस्वबाट १४ करोड ८ लाख ७५ हजार १ सय ७ रुपैया, आन्तरिक श्रोतबाट ३ करोड ५० लाख, जि.स.स. बाट प्राप्त अनुदान १ करोड ४० लाख, राजस्व बाँडफाडबाट प्राप्त हुने रकम १० करोड ४४ लाख ७५ हजार १ सय ७ रुपैया, संघीय सरकारबाट अन्तर सरकारी बित्तिय हस्तान्तरण बापत २८ करोड ९० लाख, प्रदेश सरकार बाट अन्तर सरकारी बित्तिय हस्तान्तरण बापत २ करोड ६८ लाख २१ हजार तथा गत बर्षको नगद मौजदात २ करोड गरि ४७ करोड बढीको बजेट पेश गरिएको थियो
गाउँपालिका अध्यक्ष मन्जित कुमार यादवको अध्यक्षतामा सम्पन्न १३ औ गाउँसभामा पालिकाका उत्कृष्ट कर्मचारीहरुलाई पुरस्कृत समेत गरिएको थियो । कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत विपिन क्षेत्री, वडा अध्यक्षहरु, पालिकाका कर्मचारी लगायतको सहभागीता रहेको थियो ।
प्रकाशित मिति: २०२३-०६-२५ , समय : २०:४८:३७ , १ वर्ष अगाडि