सुर्या लाइफद्रारा मासिक आय लाभ प्रदान

प्रकाश न्यौपाने , ५६९  पटक हेरिएको

नवलपरासी, जेठ १४

सुर्य लाइफ इन्स्योरेन्स कम्पनीले मासिक आय लाभ प्रस्तावको मृत्युमा प्रदान गरेको छ । बर्दघाट नगरपालिका ९ निवासी उमाशन्कर गिरिले आफ्नी छोरीको जीवन बिमा सुर्या लाइफबाट गराएको र उहाको मृत्यु भएकोले छोरी कृतीज्ञा गिरिलाई मासिक आय लाभ प्रदान गरिएको सुर्य लाइफ इन्स्योरेन्स कम्पनीकि परासी शाखा प्रबन्धक सानुमाया भट्टराईले जानकारी दिनु भयो ।

भट्टराईका अनुसार गिरिले ३ लाख बराबरको बिमाङ्क रकम रहेको जीवन बिमा उहाकी छोरीको गराएको र उहा प्रस्ताव बस्नु भएको थियो र अहिले प्रस्तावको दुर्घटनामा परि निधन भएकोले बिमाङ्क रकमको १ प्रतिशतले हुन आउने रकम ३ हजार प्रती महिना प्रदान गरिने बताउनु भयो । अहिले तीन महिनाको एकमुष्ट रकम ९ हजार रुपैया माछापुच्छ्रे बैकको चेकबाट हस्तान्तरण गरिएको छ ।

कम्पनीका एजेन्सी म्यानेजर प्रकाश न्यौपानेले जीवन बिमा सुख र दुख दुबै अवस्था राम्रो साधन भएको बताउनु भयो । उहाका अनुसार जीवन रहदा आफुलाइ र नरहदा आफ्नो परिवारलाई आर्थिक रुपमा ठुलो सहयोग गर्ने हुदा मानव जिवनमा बिमाको ठूलो महत्व रहेको उहाको भनाइ रहेको छ ।

बर्दघाट ९ मा रहेको गिरि निवासमा भएको कार्यक्रममा एजेन्सी म्यानेजर भिम खनाल, शान्ति तिवारीलगायतले बोल्दै मानव जिवनमा जीवन बिमाको महत्वपुर्ण भुमिका रहेको बताउनु भयो ।

प्रकाशित मिति: २०२२-०५-२८ , समय : २२:२६:०४ , २ वर्ष अगाडि