rupandehi khabar , ३०८ पटक हेरिएको
काठमाडौं, जेठ,३०
आईसीसी क्रिकेट विश्वकप छनोटका लागि जिम्बाव्वेमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टिम छनोट प्रतियोगिताअघिको अभ्यास खेलमा युएईसँग ३ विकेटले पराजित भएको छ । हरारेमा भएको खेलमा नेपालले दिएको २७७ रनको लक्ष्य युएईले एक खेल ७ विकेट गुमाएर अन्तिम ओभरमा भेट्टायो । पहिला ब्याटिङ गरेको नेपालले एक बल बाँकी छँदा सबै १० विकेट गुमाएर २७६ रन बनाएको थियो । नेपालले छनोटअघि दोस्रो अभ्यास खेल बिहीबार ओमानसँग खेल्नेछ ।
प्रकाशित मिति: २०२३-०६-१३ , समय : २०:५८:०६ , १ वर्ष अगाडि