rupandehi khabar , १११५ पटक हेरिएको
भैरहवा, जेठ ३०
जिल्ला प्रहरी कार्यालय रुपन्देहीले लिखित सम्बन्धी कसूर मुद्धामा २ जनालाई पक्राउ गरेको जनाएको छ । पक्राउ पर्नेमा सप्तरी राजविराज ११ घर भएका र हाल कोष तथा लेखा नियन्त्रण कार्यालय कपिलवस्तुमा नेपाल प्रशासन, लेखा समूह, सह –लेखापाल पदमा कार्यरत ३३ बर्षिय मनोज कुमार शर्मा सुतिहार र सोही स्थान घर भएका हाल जिल्ला हुलाक कार्यालय सप्तरीमा नायव सुब्बा पदमा कार्यरत ३० बर्षिय नारायण यादव रहेका छन ।
प्रहरीका अनुसार लोकसेवा आयोग, बुटवल कार्यालयको विज्ञापन नंम्बर १३८१२ र ०७६ ,०७७ मधेश एकिकृत तथा संयुक्त, खरिदार वा सो सरहको बुटवल केन्द्रमा सञ्चालन भएको लिखित परीक्षामा मनोज कुमार शर्मा सुतिहार हुँ भनी विश्वासमा पारी मिति बि.स. २०७७ साल बैशाख २० गते भएको पहिलो चरणको परीक्षा तथा बि.स २०७८ साउन १६ गते भएको द्धितिय पत्र र तृतिय पत्रको परीक्षामा मनोज कुमार सुतिहारको नामबाट परीक्षा दिई बेईमानी पुर्वक लोक सेवा आयोगको लिखित परीक्षाको उत्तरपुस्तिका तयार पारेकोले दुबै जनालाई पक्राउ गरीएको हो । पक्राउ परेका दुबै जनालाई नियन्त्रणमा लिई लिखित सम्बन्धी कसूर” मुद्धा दर्ता गरी जिल्ला अदालत रुपन्देहीबाट ७ दिन म्याद थप गरी अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता एवम सुचना अधिकारी श्यामु अर्यालले जानकारी दिनु भएको छ ।
प्रकाशित मिति: २०२३-०६-१३ , समय : २०:३८:४५ , १ वर्ष अगाडि