rupandehi khabar , २५११ पटक हेरिएको
भैरहवा, जेठ २८
यदुवंशी युवा समाज रूपन्देहीले ५० जना गरीब तथा जेहेन्दार बिद्यार्थीहरुलाई निशुल्क पठनपाठनको ब्यवस्था मिलाउने निर्णय गरेको छ । समाजले शनिबार भैरहवामा शैक्षिक अन्तरक्रिया गर्दै सो निर्णय गरेको जनाएको छ । यदुवंशी युवा समाजले आगामी दिनहरुमा जिल्लागत अन्तरक्रिया कार्यक्रम संचालन गर्ने निर्णय गर्नुका साथै यसको लागि संयोजक समिति गठन गर्ने जनाएको छ । कार्यक्रममा यदुवंशी युवा समाज रूपन्देहीका अध्यक्ष डा. रणधीर यादवले सामाजिक कुरीतिहरूको अन्त्य शिक्षाबाट नै सम्भव रहेको जोड दिदै जिल्लाका २० वटा बढी शैक्षिक संस्थाका संचालकहरूको सहभागितामा बिभिन्न सामाजिक कुरीति, बालविवाह, अंन्धविश्वास तथा बालबालिकाहरूको शैक्षिक उन्नतीका लागी गहन छलफल गरिएको जानकारी दिनु भयो ।
कार्यक्रममा यदुवंशी युवा समाज रूपन्देहीका उपाध्यक्ष बिकास यादवले सामाजिक, शैक्षिक र धार्मिक कार्यका लागि सबैको साथ आवश्यक रहेको जोड दिनुभएको छ । उहाले शिक्षा र सामाजिक रूपान्तरणमा शिक्षक वर्गको महत्वपुर्ण भूमिका र योगदान रहेकोले अध्यक्ष डा. यादवले सबै शिक्षक तथा युवा वर्गलाई सामाजिक, राजनीतिक र शैक्षिक कार्यक्रममा सहभागिताका लागि आह्वान गर्नु भएको जानकारी गराउनु भएको थियो ।
कार्यक्रममा श्रीराम यादव, दिनानाथ यादव, ओमप्रकाश यादव, रबीन्द्र यादव, रामसुमेर यादव, प्रमोद यादव, राजेश यादव, अमित यादव र पवन कुमार यादव लगायतले बोल्दै समाजलाई सहि दिशातर्फ डोरयाउनका लागी एकजुट भएर अगाडी बढन आग्रह गर्नु भएको छ । पछिल्लो समय यदुवंशी युवा समाज रुपन्देहीले जिल्लामा बिभिन्न क्रियाकलाप गर्दै सक्रिय भुमिका निर्वाह गर्दै आएको छ ।
प्रकाशित मिति: २०२३-०६-११ , समय : २३:१५:१७ , १ वर्ष अगाडि