नागरिकता विधेयक प्रमाणीकरणको प्रतिलिपि झिकाउन सर्वोच्चको आदेश

रुपन्देही खबर , २४०  पटक हेरिएको

काठमाडौँ,जेठ २६

सर्वोच्च अदालतले नागरिकता विधेयक प्रमाणीकरणको प्रतिलिपि झिकाउन आदेश दिएको छ । शुक्रबार सर्वोच्चका न्यायाधीशद्वय प्रकाशमान सिंह राउत र पुष्पलता माथेमाको संयुक्त इजलासले विधेयक प्रमाणीकरणको प्रतिलिपि झिकाउन आदेश दिएको हो ।

सर्वोच्चले विधेयक प्रमाणीकरणका लागि मन्त्रिपरिषद्को जेठ १२ गतेको सिफारिस र राष्ट्रपति कार्यालयले जेठ १७ गते गरेको प्रमाणीकरणको निर्णय झिकाउन आदेश दिएको हो ।

त्यस्तै अदालतले जेठ ३० गतेका लागि अर्को पेसी तोकेको छ । राष्ट्रपति रामचन्द्र पौडेलले नागरिकता विधेयक प्रमाणीकरण गरेपछि त्यसविरुद्ध वरिष्ठ अधिवक्ता डा. सुरेन्द्र भण्डारीले सर्वोच्चमा रिट दायर गरेका थिए ।

प्रकाशित मिति: २०२३-०६-०९ , समय : २०:०७:४३ , १ वर्ष अगाडि