rupandehi khabar , ३५८ पटक हेरिएको
भैरहवा, जेठ २४
जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जिल्लाको बिभिन्न स्थानबाट ११ लाख ४७ हजार भन्दा बढी मुल्य बरावरको अबैध सामान बरामद गरेको जनाएको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीबाट खटिएको प्रहरी टोलीले सोमबार सिद्धार्थनगर नगरपालिका वडा नंम्बर ७ आवारोडबाट अबैध टायल बरामद गरेको छ । भारतबाट नेपाल तर्फ भन्सार छली चोरी पैठारी गरी लु १ ह २६४३ नंम्बरको अटो रिक्सामा भारत जिल्ला महाराजगंज थाना फरेन्दा घर भई हाल सिद्धार्थनगर नगरपालिका वडा नंम्बर १३ भैरहवा बसपार्क बस्ने वर्ष २४ को औरेन्ज चौहानले ल्याउदै गरेको ४ लाख ४० हजार मुल्य बराबरको २४ वटा पेटी टायल प्रहरीले बरामद गरेको हो । बरामद गरिएको अटोरिक्सा चालक, अटोरिक्सा र टायल आवश्यक कारवाहीको लागि भैरहवा भन्सार कार्यालय बेलहिया, रुपन्देहीमा बुझाइएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक डीएसपी श्यामु अर्यालले बताउनु भएको छ ।
यस्तै गरी जिल्ला प्रहरी कार्यालय रुपन्देहीबाट खटिएको प्रहरी टोलीले लुम्बिनी साँस्कृतिक नगरपालिका वडा नंम्बर १ भगवानपुरबाट अबैध काठका सामान, पेन्ट र टायल बरामद गरेको जनाएको छ । भारतबाट नेपाल तर्फ भन्सार छली चोरी पैठारी गरी लु १ च ३५२२ नंम्बरको बोलेरो पिकअप गाडीमा ल्याइएको ७ लाख ७ हजार ७ सय मुल्य वरावरको काठको ढोका ५ वटा, पेन्ट ३ बाल्टी ५० लिटर र टायल ४० पेटी र गाडी वरामद गरी आवश्यक कारवाहीको लागी भैरहवा भन्सार कार्यालय वेलहियामा बुझाइएको डीएसपी अर्यालले जानकारी दिनु भएको छ ।
प्रकाशित मिति: २०२३-०६-०७ , समय : ०८:४६:२४ , १ वर्ष अगाडि