अज्ञात व्यक्तिद्वारा बिद्यालयको सामान तोडफोड

ज्ञानेश्वर उपाध्याय , ३८३  पटक हेरिएको

मर्चवार,जेठ १३

रुपन्देहीको दक्षिणी क्षेत्र मर्चवारको एक बिद्यालयमा अज्ञात व्यक्तिद्वारा जडान भएको सिसिटिभी कैमराको तोडफोड गरि क्षति पुर्याइएको छ ।

सो घटना कोटहीमाई गाउपालिका वडा नंम्बर ६ को श्री बोगडी मा. बि हर्दीको बिद्यालयमा भएको हो । घटना जेठ ११ गते राती करिब ११-३० देखि १२ बजेको बिचमा भएको तर घटना आज मात्रै थाहा पाइएको छ । यो भन्दा पहिला पनि २ वटा पानी मोटर तथा ह्यान्ड पाइपको पनि तोडफोड गरिएको भनी सो बिद्यालय व्यवस्थापन समितिको अध्यक्ष साधु कृष्ण गुप्ताले बताउनु भयो ।

उक्त घटना स्थलको निरीक्षण सिमा प्रहरी चौकी कदमहवाका प्रहरी सहायक निरीक्षक भविलाल डिसुवाले गर्नु भएको छ । निरीक्षण गर्ने क्रममा अर्को जडान भएको सिसिटिभी कैमरामा रिकार्डिङ्ग भएको भिडियोमा एक युवक मुखमा कपडा छोपी कैमरा तोडफोड गरेको देखिएको छ भने फोटो क्लियर नभएपनि यो घटनावारे अनुसन्धान हुने डिसुवाले जानकारी दिनुभयो !!

प्रकाशित मिति: २०२२-०५-२७ , समय : २३:०९:२१ , २ वर्ष अगाडि