रोहिणी २ मैनिहवाबाट २ लाख मुल्य बराबरको अबैध कुखुराको चल्ला बरामद

रुपन्देही खबर , ३११  पटक हेरिएको

भैरहवा, जेठ १७

रुपन्देही प्रहरीले रोहिणी गाउँपालिका वडा नम्बर २ मैनिहवाबाट २ लाख मुल्य बराबरको अबैध कुखुराको चल्ला बरामद गरेकोे जनाएको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीबाट खटिएको प्रहरी टोलीले आज साझ भारत बाट नेपाल तर्फ चोरी पैठारी गरी ल्याउदै गरेको बेवारिसे अवस्थामा रहेको वोईलर कुखुरा मैनिहवाबाट बरामद गरेको हो । बरामद गरीएको वोईलर कुखुराको चल्ला ४० काटुन, ३ हजार २ सय वटा रहेको छ । भने आवश्यक कारवाहीको लागी पशु क्वारेन्टाइन चेक पोष्ट कार्यालय वेलहिया बुझाईएको प्रहरीले जानकारी दिएको छ ।

प्रकाशित मिति: २०२३-०५-३१ , समय : २३:१६:२२ , १ वर्ष अगाडि