छाडा चौपाया कपिलवस्तुका लागि ठूलो चुनौती बन्दै

प्रिन्स मिश्रा , ३७६  पटक हेरिएको

कपिलवस्तु , जेठ १७

कपिलवस्तुको कृष्णनगर नगरपालिकाको बहादुरगंज , डबरा, शिवानगर, चन्द्रौटा, कृष्णनगर, गोरुसिंगे, तौलिहवा, जितपुर चार नम्बर, पकडी, लबनी पिपरा लगायत चोकमा बिहानैदेखि साँझसम्म छाडा चौपायाका बथान देखिन्छन् । कपिलवस्तुको दशवटै पालिकामा पशु चौपाया व्यवस्थापन चुनौतीको रुपमा रहेको छ । कपिलवस्तु नगरपालिकाको तौलिहवामा सबैभन्दा बढी पशु चौपाया प्राय सडकमै देखिन्छन् ।

छाडा चौपाया दिनभरि सडकमा हिँड्ने र राति खेतबारीमा किसानले लगाएको बाली खाने गर्नाका साथै सडकमा यात्रा गर्नेले समेत समस्या भोग्नु परेको जनगुनासो छ । खेतमा लगाइएको धानबाली जोगाउन रातभरि जाग्राम बस्नुपर्ने किसान बताउँछन् । सडकमा छाडिएका पशु चौपाया नियन्त्रण गर्न सम्बन्धित निकायले बेवास्ता गर्दा समस्या बन्दै गएको छ । स्थानीय सरकारले छाडा पशु चौपायाको व्यवस्थापन गर्न ठोस कदम चाल्न नसके पछि दिन प्रति दिन सास्ति बन्दै गएको छ । पशु चौपायाले ठाउँ–ठाउँमा सडक कब्जा गरेपछि सवारी दुर्घटनाको जोखिम ह्वात्तै बढेको छ ।

स्थानीयले पटपटक आवाज उठाउँदा पनि कृष्णनगर नगरपालिका र अन्य पालिकाहरुले झिनो प्रयास समेत नगर्दा समस्याको समाधान हुन सकेको छैन । छाडा पशु चौपायाका कारण सडकमा दुर्घटनाको जोखिम बढ्दै गएको भन्दै स्थानियहरुले पटकपटक आवाज उठाउँदा समेत नगर मौन रहेको नगर वासिहरुले आरोप लगाएका छन । कानुनले सडकमा छाडा पशु र चौपाया व्यवस्थित गर्ने अधिकार स्थानीय सरकारलाई दिए त पनि कृष्णनगर नगरपालिकाले कानुलाई वेवास्ता गर्दै छाडा पशु चौपाया व्यवस्थित गर्न स्थानीय सरकार लापरवाह देखिएको छ । छाडा चौपायाले गर्दा सडक जाम हुने, सडक दुर्गन्धित हुने, सथानियहरुको कृषि वालि नष्ट पार्ने घटना नयाँ होइन । अहिले कृष्णनगरका विभिन्न चोक तथा सडकका गल्लीमा छाडा चौपायाको हुल नै देखिन्छ ।

सडकमा जथाभावी छाडिएका छाडा चौपायाले ट्राफिक आवागमनमा समस्या हुन थालेको छ । नगरपालिकाले छाडा चौपाया नियन्त्रण कृष्णनगर नगरपालिकाले कुनै कदम नचालेकोले किसान र सर्व साधारणलाई समस्या भोग्न परेको छ ।

प्रकाशित मिति: २०२३-०५-३१ , समय : २२:२३:१८ , १ वर्ष अगाडि