उर्मिला यादव यात्री , ७९२ पटक हेरिएको
भैरहवा, जेठ १५
बेलहिया भन्सार कार्यालयको मुख्य गेटबाट नै भन्सार नै नगरी भारतबाट अबैध रुपमा सामानहरु नेपाल भित्रिन थालेपछि रुपन्देहीका उद्योगी ब्यवसायीहरुले आपत्ति जनाएका छन । भन्सार छलेर सामानहरु भारतबाट नेपालमा भित्रिदा स्थानिय उद्योगी ब्यवसायी पलायन हुने अवस्थामा पुगेकोले भन्सार कार्यालयले चेकजाचमा कडाइ गर्नुपर्ने उनीहरुको माग छ । स्वदेशमै किनमेल गर्ने बानी बसालौ, स्थानिय बजारको प्रर्वद्धन गरौं भन्ने मुल नाराका साथ सिद्धार्थ उद्योग बाणिज्य संघ रुपन्देहीले आज भैरहवामा आयोजना गरेको खुल्ला सिमानाका चुनौती र समाधान बिषयक अन्तर्कृया कार्यक्रममा बोल्ने अधिकांश ब्यवसायीहरुले भारतबाट ल्याउने सामानहरुको चेकचाजमा कडाइ गर्न आग्रह गरेका छन ।
कार्यक्रममा बोल्दै निमित्त प्रमुख जिल्ला अधिकारी ध्रुब बहादुर कुवरले सम्पुर्ण ब्यवसायीहरुको समस्यालाई सम्बोधन गर्दै सामान खरिद र बिक्री बितरण गर्दा बिलबिजक लिनु र दिनुपर्ने बानीको बिकास गर्न आग्रह गर्नु भएको छ । यसो गर्दा चोरी निकासीमा नियन्त्रण गर्न सकिने कुवरको भनाई छ । चोरी निकासी तथा पैठारी गरी ल्याएका सामानहरु सिधै उपभोक्तामा नजाने भएकोले यसको माध्यम नै ब्यवसायी भएकोले बिलबिजक लिन र दिनमा उद्योगी ब्यवसायीहरुले कन्जुस्याई नगर्न आग्रह गर्नु भएको छ । उहाले बाहिरबाट आएको सामान र ब्यवसायीले बेच्ने सामानको बिल दिनुपर्ने भएकोले यस बिषयमा ब्यवसायी र आम उपभोक्ता पनि सचेत भएमा यो समस्या स्वतह समाधान हुने बिश्वास ब्यक्त गर्नु भएको छ । उहाले भारतबाट भन्सार छली गरेर ल्याएका सामानहरु बिक्री बितरण भैरहेको सुचना पाएमा त्यस्ता ब्यापारी र ब्यक्तिलाई कारवाही गर्ने समेत जानकारी दिनु भएको छ । उहाले कुनै पनि ब्यवसाय दर्ता नगरी संचालन नगर्न आग्रह समेत गर्नु भएको छ । कतिपय ब्यवसायीहरुका परिवारले नै भारतिय बजारलाई प्रोत्साहन दिदा अन्य ब्यवसायीहरु मर्कामा कुवरको भनाइ छ ।
उहाले आ आफनो ठाउ देखि सबै इमान्दार हुन सके धेरै समस्याको समाधान हुन सक्ने बिश्वास ब्यक्त गर्नु भयो । उहाले उद्योग ब्यवसायी , प्रशासन , प्रहरी सबै आफनो ठाउदेखि इमान्दार हुुनुपर्ने बताउदै स्वदेशी उत्पादन बढाउन र प्रयोग गर्न आग्रह गर्नु भएको छ ।
कार्यक्रममा सिद्धार्थ उद्योग बाणिज्य संघ रुपन्देहीका अध्यक्ष ठाकुर कुमार श्रेष्ठले भन्सार प्रमुखले नै गेटमा बसेर चेकजाच गर्ने आफनो काम नभएको भनाइ नै राज्य प्रति गैरजिम्मेवार देखिएको बताउनु भएको छ । उहाले भन्सारको मुख्य गेटबाट हुदै आएको भन्सार छलीलाई नियन्त्रण गर्नका लागी रुपन्देहीका उद्योग बाणिज्य संघहरु एकजुट भएर धर्ना दिने सहमती भएको बताउनु भएको छ । उहाले उद्योगी ब्यवसायीहरु अत्यन्त पिडामा भएको बताउदै यसमा सहकार्य गरी सहयोग गर्न अनुरोध गर्नु भएको छ । उहाले उद्योगी ब्यवसायीहरुले नियमकानुनमा उल्लेख भएका कुराहरुलाई कार्यान्वयन गरिदिन आग्रह गर्नु भएको छ ।
कार्यक्रममा जिल्ला प्रहरी कार्यालय रुपन्देही प्रहरी प्रमुख भरत बहादुर बि.क.ले सिमानाकामा भैरहेको खुले आम तस्करीलाई रोक्न जिल्ला सुरक्षा समिती , प्रमुख जिल्ला अधिकारी , उद्योग बाणिज्य संघ लगायतका सरोकारवाला निकायहरु छलफल गरी यसको समाधानको उपाय खोज्नुपर्ने बताउनु भएको छ । उहाले सिमानाकामा शसस्त्र प्रहरी, नेपाल प्रहरी खटाएर मात्र यसको समाधान नहुने बताउदै यसको संरचनागत सुधार गर्न आवश्यक रहेको बताउनु भएको छ । उहाले सिमानाकामा टेक्नोलोजी मार्फत काम गर्न आग्रह गर्नु भएको छ ।
कार्यक्रममा नेपाल उद्योग बाणिज्य महासंघका केन्द्रिय सदस्य तथा उद्योग समिती सभापति राजेश कुमार अग्रवाल , शसस्त्र प्रहरी बल गण नम्बर २७ का शसस्त्र प्रहरी उपरीक्षक दिपक थापा, भैरहवा भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत मनिराम पौडेल, नेपाल उद्योग बाणिज्य महासंघका लुम्बिनी प्रदेशका अध्यक्ष कृष्ण प्रसाद शर्मा लगायतले आफनो भनाइ राख्दै पछिल्लो समय ब्यवसायहरु बन्द हुने अवस्थामा पुगेकोले निती र ब्यवस्थामा भएका कुरालाई लागु गरेर जान आग्रह गरेका छन । उनीहरुले सिमापारीका बजारले अग्र स्थान लिदा स्थानिय बजार धरासयी हुदै गएको गुनासो गर्दै कुनै पनि सामान भारतबाट ल्याउदा भन्सार गरेर ल्याउनुपर्ने बताएका छन ।
प्रकाशित मिति: २०२३-०५-२८ , समय : २३:३०:०६ , १ वर्ष अगाडि