सुनवल सामुदायिक बिकास केन्द्र द्वारा ५० जना किशोरीहरुलाई शैक्षिक सामाग्री वितरण

रुपन्देही खबर , २४४  पटक हेरिएको

नवलपरासी, जेठ १२

सुनवल सामुदायिक बिकास केन्द्रद्वारा सन्चालित लैङ्गिक समानता परियोजना मार्फत पाल्हिनन्दन गाउँपालिकाको किशोरीहरुलाई शैक्षिक सामाग्री वितरण गरिएको छ । सुनवल सामुदायिक विकास केन्द्रको आयोजनामा तथा यूनाइटेड मिसन टु नेपालको सहयोगमा गरिब, अति बिपन्न र एकल महिलाको परिवारका छोरीहरुको शिक्षामा पहुच पुर्याउने उदेश्यले शैक्षिक सामाग्री वितरण गरिएको हो ।

केन्द्रकी अध्यक्ष सपना अधिकारीको अध्यक्षतामा तथा पाल्हिनन्दन गाउँपालिकाका अध्यक्ष बैजु प्रसाद गुप्ता (दिपक) को प्रमुख आतिथ्यतामा पाल्हिनन्दन गाउँपालिकाका ७ वटा विद्यालयका कक्षा २ देखि १० सम्म अध्ययनरत ५० जना किशोरीहरुलाई शैक्षिक सामाग्री वितरण गरिएको हो ।

शैक्षिक सामाग्री वितरण कार्यक्रम अन्तर्गत झोला, स्कुल डेस, छाता, पानिको बोतल, कापि कलम लगाएतका सामाग्री वितरण गरिएको लैङ्गिक समानता परियोजना संयोजक जोति सिंह रायले जानकारी दिनुभएको हो । कार्यक्रममा पाल्हिनन्दन गाउँपालिकाकी उपाध्यक्ष फातुमा खातुन अंसारी, वडा नं. ५ का वडा अध्यक्ष दयाशंकर त्रिपाठि, वडा सदस्य, विद्यालयका शिक्षकहरु लागएको सहभागिता रहेको थियो ।

प्रकाशित मिति: २०२३-०५-२६ , समय : ०६:३२:०९ , १ वर्ष अगाडि