जगिलाल थापा , ३६० पटक हेरिएको
कञ्चन , जेठ १२
रुपन्देहीको कञ्चनमा पेट्रोलियम पदार्थ सहित दैनिक उपभोगिय बस्तुमा भएको मुल्यबृद्धिका बिरुद्ध बिहिवार पैदल र्याली भएको छ। राष्ट्रिय प्रजातन्त्र पार्टी, कञ्चनको आयोजनामा उक्त पैदल र्याली गरिएको हो ।
कञ्चनको हरैया बजार देखि शुरु भएको पैदल र्याली गरगरेचोकमा पुगेर कोण सभामा परिणत भएको हो । पैदल र्यालीमा बढ्दो महंगी बन्द गर, पेट्रोलियम पदार्थमा गरिएको मुल्यबृद्धि फिर्ता गर, हिन्दु राज्य कायम गर, राजसंस्था पुर्नस्थापना गर, राष्ट्रिय प्रजातन्त्र पार्टी जिन्दाबाद जस्ता नारा लगाउदै पैदल र्याली गरिएको थियो ।
अन्य दलहरु पेट्रोलिय पदार्थमा भएको मुल्यबृद्धिका बिरुद्ध आन्दोलन गर्न अघि नसरेको बेला कञ्चनमा कृयाशिल राष्ट्रिय प्रजातन्त्र पार्टीले पैदल र्याली गरेको हो ।
पैदल र्यालीलाई समापन गर्दै भएको कोणसभालाई राप्रपाका गोपाल बि.क.ले सम्बोधन गर्नु भएको थियो । कोणसभामा बोल्दै गोपाल बि.क.ले केपी ओलीको दुई तिहाईको सरकार र शेर बहादुर देउवा नेतृत्वको गठबन्धन सरकारले जनताको ढाड सेकिने गरी गरिएको अस्वभाविक मुल्यबृद्धि तुरुन्त खारेज गर्नु पर्ने र महिलाहरुको दिनडहादै अस्मिता लुटिएको र यसको तत्काल अन्त्य गर्नुका साथै अपराधीहरुलाई कडा भन्दा कडा कार्वाही गर्न सरकारसंग माग राख्नु भएको थियो।
प्रकाशित मिति: २०२२-०५-२६ , समय : २३:३१:४५ , २ वर्ष अगाडि