rupandehi khabar , १३२ पटक हेरिएको
बुटवल, जेठ १
रुपन्देही प्रहरीले चोरीको मोटरसाइकलसहित एकजनालाई पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय मंगलापुरबाट खटिएको टोलीले रूपन्देही तिलोत्तमा नगरपालिका–११ बस्ने २५ वर्षीय सुशील थापालाई पक्राउ गरेको हो । उनीसँगै प्रहरीले चोरीको लु३४प ३४८८ नम्बरको पल्सर मोटरसाइकलसमेत बरामद गरेको छ । मोटरसाइकलसहित आइतबार फेला परेका थापामाथि चोरी कसुरमा मुद्दा दर्ता गरी थप अनुसन्धान भइरहेको ईलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ । वैशाख २० गते बुटवल उपमहानगरपालिका ९ स्थित फ्युरियल कन्स्ट्रक्सन अगाडि पार्किङ गरिराखेको विराज शर्माको उक्त मोटरसाइकल बरामद गरिएको थियो ।
प्रकाशित मिति: २०२३-०५-१६ , समय : ००:२२:३३ , २ वर्ष अगाडि