rupandehi khabar , २१२ पटक हेरिएको
काठमाडौं, बैशाख २५
आज संवैधानिक परिषद्को बैठक बस्दैछ । प्रधानन्यायाधीश नियुक्ति लगायतको बिषयमा छलफल गर्न आज परिषदको बैठक बोलाइएको हो । बैठक साँझ ६ बजेका लागि बोलाइएको छ । उपसभामुख इन्दिरा राना मगरका अनुसार गत बैठकको निरन्तरताको स्वरुप आजका लागि बैठक बोलाइएको हो । संवैधानिक परिषदको बैठक नबस्दा सर्वोच्च अदालत लामो समयदेखि कामु प्रधानन्यायाधीशको भरमा चलेको छ ।
प्रकाशित मिति: २०२३-०५-०८ , समय : ०९:३७:२९ , २ वर्ष अगाडि