उर्मिला यादव यात्री, सर्वेन्दर यादव , ५०१ पटक हेरिएको
भैरहवा , बैशाख २४
रुपन्देही युवा समुहले शनिबार भैरहवामा जिल्ला सम्मेलन तथा सम्मान कार्यक्रम सम्पन्न गरेको छ । रुपन्देही युवा समुहका जिल्ला अध्यक्ष बिशाल गुप्ताको अध्यक्षता तथा नेपाली कांग्रेस लुम्बिनी प्रदेश सभा सदस्य देवी प्रसाद चौधरीको प्रमुख आथित्यतामा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रमको उदघाटन गर्दै लुम्बिनी प्रदेश सभा सदस्य चौधरीले युवा समुहको संगठन हरेक टोलटोलमा बिस्तार गर्नुपर्ने बताउनु भएको छ । उहाले सामाजिक परिर्वतनको लागी युवा शक्ति अपरिहार्य भएकोले युवाहरु समुह बनाई सक्रिय भएर काम गर्नुपर्ने जोड दिनु भएको छ । उहाले युवाहरु आफनो मिसनमा अडिग भएर काम गर्नुपर्ने र नया पहिचान बनाउनका लागी युवाहरुको समुह आवश्यक भएकोले सहि ढंगले काम गर्न आग्रह गर्नु भएको छ ।
यस्तै गरी लुम्बिनी प्रदेश सभा सांसद कन्हैया कुमार बनियाँले युवाको सहभागिता न भएसम्म देश र समाजको बिकास सम्भव नभएको बताउनु भएको छ । देशको बिकासका लागी युवाहरु अगाडी आउनु पर्ने बताउदै राजनीतिमा युवा सहभागिताको कमीले नेपालको राजनीति एकदमै दुषित भएकोले अब नेपालको राजनीति र देशमा बिकासशिल परिवर्तन ल्याउन युवाहरूको सहभागिता एकदम आवश्यक रहेको बनियाँले बताउनुभयो ।
यस्तै गरी लुम्बिनी प्रदेश सभा सदस्य सिके गुप्ताले राजनितीमा युवाहरु आउनुपर्ने बताउनु भएको छ । उहाले युवाहरुले नै समाजमा परिर्वतन ल्याउन सक्ने भएकोले जनताहरु पनि युवा माथि बिश्वास गर्नुपर्ने बताउनु भयो । उहाले नेतृत्वतहमा पुगेका युवाहरु निस्वार्थ र निष्पक्ष तरिकाले काम गर्ने आफुले बिश्वास लिएको जोड दिनु भयो । लुम्बिनी प्रदेश सभा सदस्य गुप्ताले देश र जनताको लागी युवाहरु पार्टी भन्दा माथि उठेर समाज र देश निमार्णका लागी एकजुट भएर काम गर्नुपर्ने बताउनु भएको छ ।
यस्तै गरी कार्यक्रममा रोहिणी गाउपालिका अध्यक्ष बिद्या प्रसाद यादवले समाजको बिकासका लागी अब युवाले नै नेतृत्व लिनुपर्ने बताउनु भएको छ । उहाले हरेक ठाउबाट युवा संगठन तयार गरी समाजमा काम गर्नुपर्ने बताउनु भएको छ । उहाले रुपन्देही युवा समुहले समाजमा गर्दै आएको कामको प्रशंसा गर्दै युवाको क्षमता बिकास र युवाहरुलाई सहयोग गर्न रोहिणी गाउपालिका सधै तयार रहने बताउनु भयो ।
कार्यक्रममा रुपन्देही युवा समुहका संस्थापक अध्यक्ष आनन्द प्रसाद गुप्ताको स्वागत मन्तब्य रहेको कार्यक्रममा समाजसेवी जोवान ंिसंह ठकुरी, बाबुलाल यादव, शेखर गुप्ता, सिद्धार्थनगर पालिका वडा नम्बर १ का वडाध्यक्ष उज्वल पोख्रेल, रोहिणी २ का वडाध्यक्ष करम खान, जेसीआई लेडी सिद्धार्थनगरकी पुर्व अध्यक्ष प्रकृति उप्रेती , ओमसतिया गाउपालिका उपाध्यक्ष सुनिता चौधरी, साईग्लोबल एकेडेमीका प्रध्यानाध्यापक मोती पौडेल, युसीएमसी भैरहवाका तेज केसी, रुपन्देही युवा समुहका जिल्ला अध्यक्ष बिशाल गुप्ता लगायतले बोल्दै समाज परिर्वतनमा युवाको महत्वपुर्ण भुमिका भएकोले युवा एकता आवश्यक भएको जोड दिनु भएको थियो । भने कार्यक्रम संचालन कार्यक्रम संयोजक कृष्ण प्रसाद खरेल र जिल्ला सदस्य उर्मिला यादव यात्रीले गर्नु भएको थियो । रुपन्देही युवा समुहले शनिबार भैरहवामा युवा शक्ति प्रर्दशन गर्नुका साथै समाजमा बिभिन्न किसिमको सहयोग गरी योगदान गर्ने ब्यक्तित्वहरुलाई सम्मान समेत गरेको थियो भने सांस्कृतिक कार्यक्रम पनि प्रस्तुत गरीएको थियो ।
प्रकाशित मिति: २०२३-०५-०७ , समय : २०:०४:५६ , २ वर्ष अगाडि