रामग्राम स्तुपाको विकासको लागी बनेको गुरुयोजनालाई अगाडी बढाउने प्रधानमन्त्री प्रचण्डको प्रतिबद्धता

सुरेश यादव , २७३  पटक हेरिएको

परासी , बैशाख २४

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो पुरै ध्यान बुद्धसर्किटको विकासमा रहेको बताउनु भएको छ । पश्चिम नवलपरासीको रामग्राम ७ उजैनीमा रहेको भगवान गौतबुद्धको एक मात्र अष्टधातु रहेको रामग्राम स्तुपामा बुद्धजयन्तीको अवसरमा रामग्राम नगरपालिका द्धारा आयोजित कार्यक्रममा बोल्दै प्रधानमन्त्री प्रचण्डले वुद्धसर्किटको अवधारणा अन्तर्गत असाध्यै महत्वपुर्ण अंग रुपमा रहेको विश्वमा नै दुर्लभ स्तुपालाई विकासको लागी बनेको गुरुयोजना अगाडी बढाउने बताउनुभयो ।

गुरुयोजनाले समग्र रामग्राम नगरपालिका , नवलपरासी र नेपालकै विकासमा महत्वपुर्ण भुमिका खेल्ने प्रधानमन्त्री दाहालको विश्वास रहेको छ । सामाजिक न्याय र विकासको गतिविधिलाई अगाडि वढाउने तरिकाले सरकार अगाडि बढेको प्रधानमन्त्री दाहालले बताउनुभयो । साथै रामग्राम स्तुपालाई धार्मिक पर्यटन विकासका लागी सामुहिक प्रतिवद्धाताको लागी समेत सवैलाई आहवान समेत गर्नुभएको छ । बुद्धजयन्तीको अवसरमा आयोजित कार्यक्रममा संस्कृति पर्यटन तथा नागरिक उड्यन राज्य मन्त्री शुशिला शिर्पाली, लुम्विनी प्रदेश सभा सदस्यहरु वैजनाथ कलवार, खड्क वस्नेत लगायतको उपस्थिीति रहेको थियो । रामग्राम नगरपालिकाले लुम्विनी विकास कोषले रामग्राम स्तुपलाई ओझेलमा पारे पनि रामग्राम नगरपालिका आफैले रामग्राम विकास कोष खडा गरेर अगाडी बढ्ने प्रतिबद्धता गरेको छ । शुक्रबार बुद्धजयन्तिका अवसरमा रामग्राम नगरपालिकाले पण्डितपुर देखि रामग्राम स्तुपा सम्म धातु जात्रा समेत निकालेको थियो ।

प्रकाशित मिति: २०२३-०५-०७ , समय : १०:२३:४७ , २ वर्ष अगाडि