लुम्बिनी प्रदेशका मुख्यमन्त्री चौधरीले पाए विश्वासको मत

रुपन्देही खबर , २५९  पटक हेरिएको

लुम्बिनी, बैशाख १९

लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले प्रदेशसभाबाट विश्वासको मत प्राप्त गरेका छन् । मंगलबार लुम्बिनी प्रदेशसभा बैठकमा चौधरीले आफूलाई विश्वासको मत दिन गरेको प्रस्तावको पक्षमा ५३ र विपक्षमा २९ मत परेको थियो ।

चार सिट रहेको राप्रपा तटस्थ बसेको छ । गत शुक्रबार मुख्यमन्त्रीको शपथ लिएका चौधरीले आइतबार प्रदेशसभा सचिवालयमा विश्वासको मत लिने सम्बन्धी पत्र दर्ता गरेका थिए ।

प्रकाशित मिति: २०२३-०५-०२ , समय : १४:१९:०९ , २ वर्ष अगाडि