धनुषामा टिपरको ठक्करबाट एक बालकको मृत्यु

रुपन्देही खबर , १७८  पटक हेरिएको

जनकपुरधाम, बैशाख १८

धनुषामा टिपरको ठक्करबाट एक बालकको मृत्यु भएको छ । एक बालिका गम्भीर घाइते भएकी छन् । मृत्यु हुनेमा धनुषाको सबैला नगरपालिका–१२ रघुनाथपुर सिर्काटोलका ७ वर्षीय रियान्स कुमार दनुवार छन् । सोमबार दिउँसो विद्यालयबाट घर फर्किरहेका बालक र बालिकालाई प्रदेश–२–०३–००१ क १६२१ नम्बरको टिपरले ठक्कर दिँदा उक्त दुर्घटना भएको हो ।

टिपरको ठक्करबाट सोही ठाउँ बस्ने ५ वर्षीया राधीकुमारी दनुवार गम्भीर घाइते भएकी छन् । उनको टाउको र शरीरको विभिन्न भागमा गम्भीर चोट लागेको प्रहरीले जानकारी दिएको छ । घटनापश्चात स्थानीयले सडक अवरुद्ध गरेका थिए । प्रहरीले अवरुद्ध सडक खुलाउन एक राउण्ड हवाई फायरसमेत गरेको डीएसपी वेदप्रसाद गौतमले बताउनु भयो ।

ठक्कर दिने टिपरका चालक फरार रहेको र उनको खोजतलास भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

प्रकाशित मिति: २०२३-०५-०१ , समय : १९:५५:२४ , १ वर्ष अगाडि