उर्मिला यादव यात्री , ५८१ पटक हेरिएको
भैरहवा, बैशाख १८
रुपन्देहीको मर्चवारी गाउपालिकामा बन्दै गरेको स्वास्थ्य चौकीको छत ढलान गरेको एक महिना नबित्दै चुहिन थालेपछि माथिबाट पुन टालटुल गरीएको छ । मर्चवारी गाउपालिका वडा नम्बर ५ महुवारीमा बन्दै गरेको स्वास्थ्य चौकी चुहिन थालेपछि रुपन्देही खबर टिमले सोधपुछ गरेसंगै त्यसको भोलि पल्ट नै छत टालटुल गरीएको हो । जिल्ला समन्वय समिती र मर्चवारी गाउपालिकाको संयुक्त लगानीमा निर्माण हुन लागेको स्वास्थ्य चौकी पुर्व अध्यक्ष केशवनन्द बनियाको कार्यकालमा राजन निर्माण सेवासंग ठेक्का सम्झौता भएको थियोे ।
राजन निमार्ण सेवाले आर्थिक २०७७ साल माघ ६ गते दुई करोड ८९ लाख ३२ हजार ९ सय २५ रुपैया कुल लागत इस्टिमेट बाट निर्माण गर्ने गरी २ करोड, ६ लाख, ३६ हजार १ सय ६५ रुपैयामा निर्माण कार्य सम्पन्न गर्ने गरी ठेक्का लिई सम्झौता गरेको थियो । राजन निमार्ण सेवाले निर्माण गर्दै आएको स्वास्थ्य चौकीको छत चर्किएर पानी चुहिन थालेपछि सो कुरा बाहिर आएको केहि दिनमै कम्पनीले छत चर्किएको ठाउमा सिमेन्ट राखेर टालटुल गरेको स्थानिय पत्रकार सर्वेन्दर यादवले बताउनु भयो । उहाले पानी परेको दिनदेखि नै छत चुहिएको र यसमा कमसल सामग्री प्रयोग भएको कारणले यस्तो भएको बताउनु भयो।
यस बिषयमा गाउपालिका अध्यक्ष गया प्रसाद बरईले यस निर्माण सेवालाई कुनै पनि किसिमको भुक्तानी नगरीएको तथा भुक्तानी रोकिएको बताउनु भएको छ । उहाले आर्थिक बर्ष ७८/७९ मा संघिय सरकारबाट ८५ लाख ७९/८० मा संघिय सरकारबाट ५० लाख थप गरी १ करोड ३५ लाखको बजेटमा स्वास्थ्य चौकीको छत ढलान भएको बताउनु भएको छ । उहाले स्वास्थ्य चौकीको छत ढलान चुहिएको जानकारी पाए लगत्तै अनुगमन गरी त्रुटि भएको कार्यलाई तत्काल सच्याउन निर्देशन गरीएको र भुक्तानी रोकिएको समेत जानकारी दिनु भयो ।
यता राजन निर्माण सेवाका संचालक राजन बरई छत ढलान गर्ने बुद्ध आरएमसी भैरहवाले छत ढलानमा त्रुटि गरेको बताउनु भएको छ । उहाका अनुसार हरेक ठाउमा आरएमसीले ढलान गर्दै आएको र कहिकतै यस्तो गल्ती नभएको बताउदै अहिले आएर कसरी छत चर्कियो बुझन नसकेको र यो आरएमसीको नै लापरवाही भएको गुनासो गर्नु भयो । उहाले आरएमसीले गरेको कामको १० बर्षको ग्यारेन्टी भएकोले बुद्ध आरएमसीबाट पुन मर्मत गराउने प्रतिबद्धता समेत गर्नु भएको छ ।
प्रकाशित मिति: २०२३-०५-०१ , समय : १८:४६:०८ , २ वर्ष अगाडि