भैरहवामा वडा सम्मेलन तथा नव बर्ष २०८०सालको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न

उर्मिला यादव यात्री , २८३  पटक हेरिएको

भैरहवा, बैशाख १७

नेपाली कांग्रेस सिद्धार्थनगर नगरपालिका वडा नम्बर ५ को आयोजनामा वडा सम्मेलन तथा नव बर्ष २०८० सालको शुभकामना आदानप्रदान कार्यक्रम शनिबार भैरहवामा सम्पन्न भएको छ । नेपाली कांग्रेस नगर वडाकार्य समिती वडा नम्बर ५ का सभापति केशव प्रसाद गुप्ताको अध्यक्षता तथा क्षेत्रिय अध्यक्ष शुशिल गुरुङको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथी गुरुङले वडामा भएका गतिबिधीहरुको समस्या पहिचान र समाधानका लागी साथै वडाको समग्र बिकासका लागी वडा सम्मेलन आवश्यक भएको बताउनु भएको छ । उहाले वडामा रहेको स्थानिय सरकारले जनताको माझ कस्तो किसिमको क्रियाकलाप गर्दै आएको सो बारेमा वडाबासीमा जनप्रतिनिधीले जानकारी दिनुपर्ने बताउनु भएको छ । उहाले सिनपा वडा नम्बर ५ ले गर्दै आएको बिकास निमार्णका काम र सामाजिक क्रियाकलापबाट अरु वडाका जनप्रतिनिधीहरुले पनि सिक्नुपर्ने बताउनु भयो । उहाले वडा नम्बर ५ सिद्धार्थनगर नगरपालिकाको मुटुको रुपमा रहेकोले नगरपालिकामा बैधानिक कर प्रणाली हुनुपर्नेमा जोड दिनु भएको छ ।

यस्तै गरी कार्यक्रममा सिनपा वडा नम्बर ५ का वडाध्यक्ष पुरन प्रसाद श्रेष्ठले कार्यक्रमबाट आएका सुुझावलाई सम्बन्धित निकायसम्म पुरयाउने बताउनु भएको छ । उहाले आगामी दिनमा वडामा भएका समस्याको समाधानका लागी आफुले पहल गर्ने बताउनु भयो । उहाले सिनपा वडा नम्बर ५ मा बिकास निमार्णका धेरै कामहरु भैरहेको बताउदै यसको अनुगमन जनताले गर्नुपर्ने बताउनु भयो ।

वडाअध्यक्ष श्रेष्ठले जनताको माझमा जनतासंगै हातेमालो गरेर सेवा गर्न आएकोले वडामा भैरहेको गतिबिधीहरु बुझन जनतालाई आहवान गर्नु भएको छ । उहाले आफनो कार्यकालमा नागरीकवडापत्र निमार्ण गरी कार्य गर्दै आएको समेत जानकारी दिनु भयो । उहाले वडा नम्बर ५मा महिला नेतृत्व बिकास कार्यक्रम लगायत स्वास्थ्य , शिक्षा , पर्यटन क्षेत्रको बिकासमा महत्वपुर्ण कार्य गर्दै आएको बताउनु भयो । उहाले आगामी दिनमा जेष्ठ नागरीक, एकलमहिला,अपांगहरुलाई सम्मान लगायत कार्यहरुलाई निरन्तरता दिदै जाने बताउनु भयो । उहाले शिक्षा क्षेत्रमा भैरहेको मनोमानी शुल्कको बिषयमा नागरपालिकालाई ध्यानाकर्षण गराई अनुगमन गर्ने समेत बताउनु भयो ।

कार्यक्रममा वडा नम्बर ५ का वडासदस्य बिनित कुमार बेरिवालको स्वागत मन्तब्य रहेको कार्यक्रममा वडा नम्बर ५ का सचिव प्रेम नारायण गुप्ता, समाजसेवी डा. शम्भु कुमार गुप्ता, समाजसेवी संजय बजिमय, नगरसभापति कोसिस खडका , नेपाली कांग्रेस नगर वडाकार्य समिती वडा नम्बर ५ का सभापति केशव प्रसाद गुप्ता लगायतले बोल्नु भएको थियो । भने कार्यक्रम संचालन वडासदस्य सरस्वती श्रेष्ठले गर्नु भएको थियो ।

प्रकाशित मिति: २०२३-०४-३० , समय : १०:४२:३९ , २ वर्ष अगाडि