कोटहीमाई गाउँपालिकामा कुशन गुडिया बनाउने १५ दिने तालिम आजदेखि शुरू

हृदयराम गुप्ता , १५७  पटक हेरिएको

मर्चवार, बैशाख १५

रूपन्देहीको कोटहीमाई गाउँपालिकामा कुशन गुडिया बनाउने १५ दिने तालिम शुरू भएको छ। “जनतासंग अध्यक्ष कार्यक्रम” बाट गाउँपालिकाको ४० जना‌ छोरी बुहारीहरूको सहभागितामा संचालन हुने उक्त तालिम आजदेखि सुरू भएको हो।

तालिमको उद्घाटन गरी कार्यक्रममा बोल्दै कोटहीमाई गाउँपालिका अध्यक्ष बालकृष्ण त्रिपाठीले बढदो फैसनको प्रवृत्तिले कुशन गुडियाको बजार राम्रो देखिएको बताउनु भएको छ। घरको कामबाट बचेको समयको सदुपयोग गरी कुशन गुडिया बनाई बिक्री गरी घर खर्चको लागि राम्रो आयआर्जन गर्न सकिने उहाले बताउनु भएको छ । महिलाहरूले यो शीप सिकेपछि श्रीमान वा अन्य सदस्यबाट आर्थिक चाहना राख्न नपर्ने बताउनु भएको छ । सिप सिकेर उद्यमी महिलाहरूको रूपमा समुह बनाई यसलाई नियमित ब्यवसायको रूपमा लागू गर्नुपर्ने उहाले जोड दिनु भयो ।

“सीप सिकौं, आत्मनिर्भर बनौं” नाराका साथ गाउँपालिकाको हरेक दिदीबहिनीहरूलाई स्वरोजगार बनाउन कार्यक्रम गरिएको कोटहीमाई गाउँपालिका उपाध्यक्ष सुशिला कुमारी यादवले बताउनु भएको छ । उहाले ‘हामी ग्रामीण क्षेत्रका हौ, हामीले विभिन्न किसिमको सीपमा पछाडी परेका छौं त्यसैले सबै सहभागीलाई ध्यानपूर्वक सीप सिक्न आग्रह गर्नु भएको छ ।

सीप सिकेर ब्यवहारमा लागू गर्न कोटहीमाई गापाको प्रमुख प्रशासकीय अधिकृत राजन श्रीवास्तवले बताउनु भएको छ । हस्तकला सम्बंधि तालिमले सिप विकास संगै घरेलू हिंसा समेत न्यूनिकरण हुने उहाले बताउनु भएको छ । गाउँ घरमा बेरोजगार रही गृहणीको रूपमा कार्यरत महिलाहरुको लागि महत्वपूर्ण कार्यक्रम रहेको बताउनु भएको छ ।

गाउँपालिका अध्यक्ष बालकृष्ण त्रिपाठीको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमलाई गाउँपालिकाको वास संयोजक अजय सिंह क्षेत्रीले कार्यक्रम संचालन गर्नु भएको थियो ।

प्रकाशित मिति: २०२३-०४-२८ , समय : १७:०४:२७ , १ वर्ष अगाडि