रुपन्देहीको शुद्धोधन ५ बाट एक लाख १२ हजार मुल्य बराबरको अबैध चिनी बरामद

उर्मिला यादव यात्री , २४८  पटक हेरिएको

भैरहवा, बैशाख १४

जिल्ला प्रहरी कार्यालय रुपन्देहीले एक लाख १२ हजार मुल्य बराबरको अबैध चिनी बरामद गरेको जनाएको छ । ईलाका प्रहरी कार्यालय छपिया रुपन्देहीबाट खटिएको प्रहरी टोलीले बुधबार शुद्धोधन गाउँपालिका वडा नंम्बर ५ रजाडबाट २८ बोरा अवैध चिनी नियन्त्रणमा लिएको हो । भारतबाट नेपाल तर्फ भन्सार छली चोरी पैठारी गरी अवैध रुपमा ल्याई विभिन्न स्थानहरुमा लुकाई छिपाई राखेको अवस्थामा प्रहरीले बरामद गरेको अबैध चिनी एक लाख १२ हजार मुल्य बरावरको रहेको र आवश्यक कारवाहीको लागी भैरहवा भन्सार कार्यालय बेलहिया पठाइएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।

प्रकाशित मिति: २०२३-०४-२७ , समय : २१:५१:५४ , १ वर्ष अगाडि