कृष्णनगरमा ईमाम ए आजम कान्फ्रेन्सको इत्तेहाद नेपाल अध्यक्ष किफायतुल्ला खां द्वारा प्रशंसा

अजय मिश्र , ४८५  पटक हेरिएको

कृष्णनगर, जेष्ठ १०

कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिकाको कृष्णनगरमा ईमाम ए आजम कान्फ्रेन्सको इत्तेहाद नेपाल अध्यक्ष किफायतुल्ला खाले प्रशंसा गरेका छन् l

उनले नेपाली सुन्नी मुस्लिमहरुको दरगाह ए आला हजरतबाट धेरै पुरानो र गहिरो सम्बन्ध रहेको बताए । नेपाली सुन्नी सूफी बिचारधाराको अनुयायहरुको विकासको लागि आला हजरत र खानदान ए आला हजरतको निकै ठुलो योगदान रहेको जोड दिए ।

कपिलवस्तुको कृष्णनगरमा शनिबार आयोजना गरिएको कार्यक्रममा भारतका वरिष्ठ आलीम ए दीन तथा दरगाह ए आला हजरतका सचीव मौलाना सलीम नूरीले नेपाली सुन्नी मुस्लिम समुदाय र दरगाह ए आला हजरतको वर्षौं पुरानो सम्बन्ध रहेको बताउनु भयो ।

उहाले भन्नुभयो कि नेपाली सुन्नी समुदायको आर्थिक सामाजिक धार्मिक विकासको लागि आला हजरत र खानदान ए आला हजरतले वर्षौं देखी काम गर्दै आएको छन् । उहाँले भन्नू भयो नेपालमा सुन्नी मुस्लिमहरुको संरक्षण तथा उन्नतिको लागि खानदान ए आला हजरतले पैदल यात्रा गरेर पनि काम गरेका छन् ।

उहाँको अनुसार मुफ्तिए आजम ए हिन्द , मुफस्सिर ए हिन्द , हुज्जतुल ईस्लाम , रेहान ए मिल्लत लगायतले नेपालको अधिकांश जिल्लामा मदरसा मस्जिदको बुनियाद राखेर सुन्नी समुदायको शैक्षिक आर्थिक सामाजिक विकासमा टेवा पुर्‍याएका हुन् ।

मौलाना मुश्ताक़ बरकती ,नसरूललह खां हैदर अली मुस्तफ़ा लगायत समेतले उक्त कार्यक्रमको प्रशंसा गरेका थिए l

उक्त सभामा अतिथिको रूपमा पाल्नु भएको मौलाना सय्यद गुलाम हुसैन मजहरीले नेपाल उल्मा काउन्सिलले नेपाली सुन्नी सूफी बिचारधाराको नागरिकहरुको लागि मुस्लिम युनिभर्सिटी सञ्चालनमा छिटै आउने र ईमाम अहमद रजा नामक लाइब्रेरी निर्माण हुने बताउनु भयो ।

उहाँले भन्नू भयो कि नेपाली सुन्नी सूफी खानकाही बिचारधाराको अनुयायीहरुले सभा सम्मेलनहरुमा कटौती गरि शैक्षिक विकासको लागि युनिभर्सिटी कलेज र विद्यालयहरुमा लगानी गर्नुपर्ने अवश्यकता छ । सभामा प्रमुख अतिथिको रूपमा पाल्नु भएको दरगाह ए आला हजरतको वरिष्ठ सूफी मुफ्ती अहसन रजा खान एव: मुफ्ती मन्ना रजा खानले कार्यक्रमको अन्तिममा नेपालको विकास र सौहार्दको लागि प्राथना गरे ।

ईमाम ए आजम कान्फ्रेन्समा १० जना बालिकाहरुलाई दस्तार ए हिफ्जुल कुरआन गराइएको हो ।

प्रकाशित मिति: २०२२-०५-२४ , समय : ०९:५२:२७ , २ वर्ष अगाडि