रुपन्देहीको रोहिणी गाउपालिका बैकुण्ठपुरमा हाईमास्ट लाइट जडान

रुपन्देही खबर , २७०  पटक हेरिएको

भैरहवा, बैशाख ११

रुपन्देहीको रोहिणी गाउँपालिकाले रोहिणी–३ स्थित बैकुण्ठपुर चोकमा हाईमास्ट सडक बत्ती (लाइट) जडान गरेको छ । यात्रु तथा स्थानीयबासीलाई रातीको समयमा यात्रा गर्न तथा चोक वरपर उज्यालो राख्न हाईमास्ट लाइट जडान गरिएको रोहिणी गाउँपालिकाका अध्यक्ष विद्या प्रसाद यादवले बताउनु भएको छ ।

सडक बत्तीमार्फत ‘उज्यालो रोहिणी’ गाउँपालिका बनाउने अभियानमा रहेको अध्यक्ष यादवले बताउनु भयो । यसअघि रोहिणी गाउँपालिका वडा नम्बर ३ स्थित धकधईमा हाईमास्ट लाइट जडान गरी सञ्चालनमा ल्याइएको उहाले जानकारी दिनु भयो । ‘मुख्य चोकहरुमा सडक बत्ती जडान हुँदा यात्रु तथा स्थानीयबासीलाई सहज हुने, सडक दुर्घटना तथा अन्य घटना न्यूनीकरणमा समेत सहयोग पुग्नेमा विश्वस्त छौं,’ उहाले भन्नू भयो ।

हाईमास्ट सडक बत्ती जडान भइसकेपछि स्थानीयबासी हर्षित भएको रोहिणी गाउँपालिका वडा नम्बर २ का वडाअध्यक्ष करम हुसेन खाँले बताउनु भएको छ । भैरहवा–परासी सडकखण्ड अन्तर्गत बैकुण्ठपुरमा हाईमास्ट लाइट जडान भएपछि स्थानीयले खुसी व्यक्त गरेका छन् । यो हाईमास्टको क्षमता ४ सय वाट रहेको छ ।

हाईमास्ट सडक बत्ती (लाइट) को आइतबार एक कार्यक्रमकाबीच रोहिणी गाउँपालिकाका अध्यक्ष विद्या प्रसाद यादव र वडा नम्बर २ का वडाअध्यक्ष करम हुसेन खाँले संयुक्त रुपमा उद्घाटन गर्नु भएको छ ।

प्रकाशित मिति: २०२३-०४-२४ , समय : १६:१२:३९ , २ वर्ष अगाडि