तनहुँ १ मा ५१ दशमलव ७० प्रतिशत मत खस्यो

रुपन्देही खबर , ११९  पटक हेरिएको

तनहुँ , बैशाख ११

तनहुँ १ मा भएको उपनिर्वाचनमा ५१.७० प्रतिशत मत खसेको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार यहाँ ६३ हजार ७५७ मत खसेको छ । उपनिर्वाचनका लागि तनहुँ क्षेत्र नम्बर १ मा १ लाख २३ हजार ३०५ मतदाता थिए । गत मंसिरमा भएको चुनावमा भने यहाँ ५४.३६ प्रतिशत मत खसेको थियो  ।

प्रकाशित मिति: २०२३-०४-२४ , समय : ०७:१७:३९ , २ वर्ष अगाडि