उर्मिला यादव यात्री , १६३९ पटक हेरिएको
भैरहवा, बैशाख ७
कपिलबस्तुको मायादेवी गाउपालिकालाई शिक्षा क्षेत्रमा नमुना पालिकाको रुपमा चिनाउने एक कार्यक्रमका सहभागीहरुले जोड दिएका छन । मायादेवी गाउपालिकामा रहेका बिद्यालयमा शिक्षकको अभावका कारण सोचे जस्तो बिद्यार्थीहरुको सिकाइमा परिर्वतन ल्याउन नसकेकोले तालिमबाट सिकेका कुराहरु ब्यवहारमा लागु गर्दै शिक्षा क्षेत्रमा परिर्वतन ल्याउने सहभागीहरुले प्रतिबद्धता गरेका छन ।
सनसाईन सामाजिक बिकास संस्था बुद्धभुमि १० कपिलबस्तुको आयोजना, युनाईटेड मिसन टु नेपाल युएमएनको सहयोग तथा मायादेवी गाउपालिका पकडी कपिलबस्तुको समन्वयमा परिर्वतनका लागी बालबालिका युवा तथा समुदाय परियोजना कार्यक्रम सिवाइसिसि अन्र्तगत रहेर क्रियाकलापमा आधारित पांच दिने शिक्षण सिकाइ प्रशिक्षक, प्रशिक्षण तालिमको आज समापन कार्यक्रममा बोल्ने बक्ताहरुले सो कुरामा जोड दिएका हुन ।
रुपन्देहीको भैरहवामा बैशाख ३ गते देखि बैशाख सात गते सम्म संचालन भएको क्रियाकलापमा आधारित शिक्षण सिकाइ प्रशिक्षक, प्रशिक्षण तालिममा सहभागी शिक्षकहरुले तालिमबाट सिकेका कुराहरु ब्यवहारमा उर्तानका लागी बिद्यालयमा त्यही किसिमको बातावरण बनाइदिन गाउपालिका संग आग्रह गरेका छन । जब सम्म बिद्यालयमा त्यही किसिमको बातावरण बन्दैन तबसम्म शिक्षकमा जति क्षमता भए पनि त्यो प्रर्दशन गर्न नसकिने उनीहरुले बताएका छन ।
कार्यक्रममा बोल्दै मायादेवी गाउपालिका कपिलबस्तुका अध्यक्ष वलिउद्धिन मुसलमानले तालिमबाट सिकेका कुराहरु अन्य बिद्यालयमा गएर प्रशिक्षकको रुपमा सिकाउनुपर्ने बताउनु भएको छ । उहाले गाउपालिकाको बिद्यालयमा भएको शिक्षक अभावको समस्यालाई छिटटै समाधान गर्ने प्रतिबद्धता समेत ब्यक्त गर्नु भएको छ । उहाले शिक्षा क्षेत्रमा गाउपालिकाबाट पुर्ण सहयोग गर्ने समेत जोड दिनु भएको छ ।
यस्तै गरी मायादेवी गाउपालिका कपिलबस्तुका शिक्षा शाखा प्रमुख माधव घिमिरेले शिक्षा क्षेत्रमा पेशागत क्षमता बिकास, शैक्षिक साम्रगी निमार्ण ,शैक्षिक साम्रगीको क्षेत्रमा कक्षा कोठामा कसरी प्रयोग गर्ने, यसको दिगोपन र निरन्तारताका लागी चुनौती भए पनि सिकेका कुराहरु ब्यवहारमा प्रयोग गर्न आग्रह गर्नु भएको छ । उहाले तालिमका सिकेका कुराहरु कक्षामा प्रयोग गर्न सकिएन भने तालिमको कुनै औचित्य नहुने बताउनु भयो । उहाले शैक्षिक तालिममा सबै बिषयलाई एकै ठाउमा राखेर बिद्यार्थीहरुलाई कसरी सिकाउने, शैक्षिक सामग्री निमार्ण लगायत सिकेका कुराहरु बिद्यालको भित्तामा राख्न सके अति उपयोगी हुने बताउनु भयो । शिक्षा शाखा प्रमुख घिमिरेले आफुले सिकेका कुराहरु अन्य बिद्यालयमा पनि सिकाउन आग्रह गर्दै शिक्षा क्षेत्रको बिकासमा गाउपालिका प्रतिबद्ध भएर काम गर्ने बताउनु भएको छ ।
कार्यक्रममा बोल्दै युनाईटेड मिसन टु नेपालकी डाक्टर गायत्री तिम्सेनाले शिक्षा क्षेत्रमा निति देखि पाठयक्रम परिमार्जन , पाठयपुस्तक सामग्री परिर्वतन भएपनि आज सम्म शिक्षा क्षेत्रमा उपलब्धि हुन नसकेको बताउनु भएको छ । शिक्षा क्षेत्रमा आएको परिर्वतन कागजमा मात्र सिमित भएको र ब्यवहारमा लागु हुन नसकेको उहाले गुनासो गर्नु भयो । पछिल्लो समय सरकारले बिद्यालयमा बिद्यार्थीहरु पढदै रमाउदै खेल्दै अध्ययन गर्नुपर्ने निति ल्याए पनि त्यो बिषयमा शिक्षकहरु पनि दक्ष नभएकोले सोचे अनुरुप शिक्षा क्षेत्रमा सुधार हुन नसेकेको बताउनु भएको छ । उहाले शिक्षा क्षेत्रमा धेरै सुधार गर्नुपर्ने भएकोल बालमैत्री क्रियाकलापमा आधारित भएर यस्तो तालिमहरु संचालन गर्दै आएको बताउनु भएको छ ।
उहाले यो कार्यक्रम नेपालको ६ जिल्लामध्ये केहि पालिकामा मात्र लागु गरेको बताउनु भयो । उहाले पालिकाका केहि बिद्यालयलाई नमुनाको रुपमा बिकास गर्न सके मात्र अन्य क्षेत्रमा पनि यसलाई लागु गर्न सकिने बताउनु भयो । उहाले आफुले सिकेका कुराहरु बिद्यालयका सम्पुर्ण शिक्षकहरु, बिद्यालय ब्यवस्थापन समितीका पदाधिकारी लगायत बालक्लबका सदस्यहरुलाई एकै ठाउमा राखेर कक्षा कोठामा सिकाउन सके सिकाइ उपलब्धी धेरै प्रभावकारी र यस बिषयमा सबै जानकार समेत हुने भएकोले अध्ययन गराउन सहज हुनेमा जोड दिनु भयो ।
सनसाईन सामाजिक बिकास संस्था बुद्धभुमि १० कपिलबस्तुका कार्यकारी निर्देशक शम्भु प्रसाद हरिजनको अध्यक्षतामा भएको तालिममा मायादेबि गाउपालिका कपिलवस्तुका प्रमुख प्रशासकीय अधिकृत परमेश्वर यादव , सहभागि महिला शिक्षकबाट कमला भण्डारी, शिक्षक ताल बहादुर रम्जाली , परिर्वतनका लागी बालबालिका युवा तथा समुदाय परियोजना कार्यक्रम सिवाइसिसिका शिक्षा तथा तालिम अधिकृत सुग्रीव यादव लगायतले बोल्दै तालिमबाट सिकेका कुराहरु ब्यवहारमा उर्तान आग्रह गर्नु भएको थियो ।
क्रियाकलापमा आधारित पाच दिने शिक्षण सिकाइ प्रशिक्षक, प्रशिक्षण तालिमको सहजीकरण युनाईटेड मिसन टु नेपाल युएमएनका कार्यक्रम प्रमुख नवराज जोशी , युएमएनकी डाक्टर गायत्री तिम्सेना र पवन अधिकारीले गर्नु भएको थियो भने कार्यक्रम संचालन सनसाईन सामाजिक बिकास संस्था परियोजना संयोजक बद्री शर्माले गर्नु भएको थियो । तालिममा मायादेवी गाउपालिका कपिलबस्तुका २२ वटा बिद्यालयका शिक्षकहरुको सहभागिता रहेको थियो ।
प्रकाशित मिति: २०२३-०४-२० , समय : २१:५५:१८ , २ वर्ष अगाडि