गोबिन्द राज ओझा (राजन) , ४८४ पटक हेरिएको
डोटी, बैशाख ४
धेरै बेर सम्म तिमिलाई खोजिरहेको थिए
मेरा नजरले भ्याए सम्म हेरेको थिए
खोज्दा खोज्दा थाकेर थकाई मार्न भनेर बसे
हजार चोटि तिम्रो बारेमा सोचेर समय कटाइरहे
भेट हुन त भयो हाम्रो मनमा खुसी बोकी
रहेछौ तिमि दन्ते लहर खोलेर हाँसेकी
थाहा नै छ तै पनि मलाई सताएकी हुन्छौ
खुसी मनलाई शब्दमा देखाउनेछौ
मेरो मनले धेरै कुरा सोचेको थियो
तिम्रो रूप आँखा भरी आइरह्यो
आँखा भरी फूलबारीको दृश्य बसेको थियो
बिहानीको पलमा तिम्रो खोजी भएको थियो
नाम : गोबिन्द राज ओझा (राजन)
ठेगाना(दिपायल सिलगढी न.पा.२ दिपायल डोटी
प्रकाशित मिति: २०२३-०४-१७ , समय : २२:२१:२५ , २ वर्ष अगाडि