भैरहवाबाट बिभिन्न अनलाईन छापाहरुमा झुट्ठा विवरण दिई प्रहरीको बदनाम गराउन खोज्ने अधिकारी पक्राउ

उर्मिला यादव यात्री , ३५०  पटक हेरिएको

भैरहवा , बैशाख ४

जिल्ला प्रहरी कार्यालय रुपन्देहीले बिभिन्न अनलाईन छापाहरुमा झुट्ठा विवरण दिई प्रहरीको बदनाम गराउन खोज्ने १ जना ब्यक्ति पक्राउ गरी अनुसन्धान गरीरहेको छ । पक्राउ पर्नेमा सिद्धार्थनगर नगरपालिका वडा नंम्बर ८ बस्ने ४५ बर्षिय भान बहादुर अधिकारी रहेका छन । प्रहरीको अनुसार गत चैत ३० गतेको काठमाण्डौबाट प्रकाशित पत्रिकामा “प्रहरी माथि अर्काे गम्भिर आरोप, निवेदनको नाममा ५ सय रुपैयाँ असुली” भन्ने शिर्षकमा ठाडो उजुरी शाखाबाट निवेदन लेखे वापत रु ५ सयका दरले प्रहरीले पैसा लिने गरेको भनि नाम समेत किटान गरी समाचार प्रकाशनभएको थियो । अनुसन्धानका क्रममा निवेदकहरुले आफुले त्यसरी निवेदन लेखिदिए बापत कोही कसैलाई नगद नदिएको बताएका छन ।

अनुसन्धानको क्रममा प्रहरीले जिल्ला रुपन्देही सिद्धार्थनगर नगरपालिका वडा नंम्बर १२ स्थित जिल्ला प्रहरी कार्यालय रुपन्देहीको गेट अगाडी रहेको स्टेसनरी बाट डेल कम्पनिको ल्यापटप थान १, जिल्ला प्रहरी कार्यालय रुपन्देहीको सरकारी छाप एक थान र स्टेसनरी संचालक भान बहादुर अधिकारीले आफ्नो स्टेसनरीबाट प्रहरीको निवेदनलाई स्क्यान गरी विवरण थपघट गरी आफ्नो जिमेल आईडी बाट विभिन्न मिडिया र अनलाइन खबरहरुमा जिल्ला प्रहरी कार्यालय रुपन्देहीको सरकारी छाप समेत प्रयोग गरी झुठ्ठा भ्रामक विवरण प्रेषित गरेको पाईएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सुचना अधिकारी प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिनु भएको छ । पक्राउ परेका अधिकारी केही समय पहिले सम्म जिल्ला प्रहरी कार्यालयमा आउने सेवाग्राहीहरु संग निवेदनहरु लेखी सो वापत शुल्क लिदै आईरहेकोमा बिगत ३ महिना देखी जिल्ला प्रहरी कार्यालय रुपन्देहीले नागरिकको सेवा सुविधाको लागी निशुल्क निवेदन लेख्ने व्यवस्था गरेकोमा अधिकारीले उक्त कार्यलाई रिशिवी राखी प्रहरी
माथी गम्भिर आरोप लगाउदै भ्रामक झुटा समाचार बनाई बिभिन्न पत्रिकामा पठाउने गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले बताउनु भएको छ । पक्राउ परेका अधिकारीलाई जिल्ला अदालतबाट सरकारी छाप किर्ते मुद्धामा सात दिन म्याद थप गरी थप अनुसन्धान कार्य भईरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: २०२३-०४-१७ , समय : २१:५८:०० , २ वर्ष अगाडि