उर्मिला यादव यात्री , ४४३ पटक हेरिएको
भैरहवा , बैशाख १
गोपाल सेवा समिती सियारी ३ रुपन्देहीले नया बर्ष २०८० को अवसरमा शुभकामना आदानप्रदान, पिकनिक तथा सम्मान कार्यक्रम बिहीबार सियारी ३ बौद्धबिहारमा सम्पन्न गरेको छ । गोपाल सेवा समिती क्षेत्र नम्बर ३ को पुर्व क्षेत्रिय अध्यक्ष राममिलन यादवको अध्यक्षता तथा गोपाल सेवा समितीका केन्द्रिय उपाध्यक्ष तथा रुपन्देही जिल्ला अध्यक्ष भरथरी यादवको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा बोल्दै प्रमुख अतिथी भरथरी यादवले गोपाल सेवा समितीले यादव समुदायको एकता र बिकासमा पुलको काम गर्दै आएको बताउनु भएको छ । उहाले यादव समुदायमा बिभिन्न राजनितीक बिचारधाराको ब्यक्ति भए पनि गोपाल सेवा समितीले सबैलाई एकै ठाउमा एकजुट गराएकोमा खुसी ब्यक्त गर्नु भएको छ । उहाले गोपाल सेवा समितीलाई अझै बिस्तार गर्दै सशक्त रुपमा अगाडी बढाउनेमा जोड दिनु भयो । उहाले यादव समुदाय प्रत्येक राजनितिक दलमा आवद्ध भएकोले अब नेतृत्व तहमा पनि यादवहरु आउनुपर्ने बताउनु भयो । उहाले यादवकुलबाट नेपालमा राजा देखि प्रथम राष्ट्रपति, उपराष्ट्रपति हुनु नै यादवहरुको लागी गौरवको इतिहास भएकोले अब प्रधानमन्त्री पनि यादव समुदायबाट आउन जरुरी रहेकोमा जोड दिनु भयो । उहाले जबसम्म यादवहरुको संगठनलाई मजबुत बनाउन सकिदैन तबसम्म यादव समुदाय जति अगाडी बढे पनि त्यसको औचित्य नहुने बताउनु भयो ।
कार्यक्रममा सुरेश यादवले गोपाल सेवा समितीले यादव समुदायमा एकता कायम गर्न महत्वपुर्ण भुमिका निर्वाह गरेको बताउनु भएको छ । उहाले समुदायमा भएको कमीकमजोरीलाई हटाउदै एक अर्काको समस्यालाई पहिचान गरी सहयोग गर्न आग्रह गर्नु भएको छ । उहाले नयाकामको सुरुवात गरी नमुना काम गर्न जोड दिनु भयो ।
यस्तै गरी कार्यक्रममा बोल्दै गोपाल सेवा समिती सियारी ३ का सचिव जितु यादवले गोपाल सेवा समितीमा राजनितीक बिवाद नल्याउन अनुरोध गर्नु भएको छ । उहाले राजनितिक बिवादले गर्दा सोचे अनुरुप बिकास गर्न नसकेको बताउदै एकअर्का बिच सहयोग गरी एक बिचारका साथ सबैलाई अगाडी बढन आग्रह गर्नु भएको छ ।
यस्तै गरी कार्यक्रममा समाजसेवी सोमनाथ यादवले गोपाल सेवा समितीमा आबद्ध वा आवद्ध नभएका सबैलाई बिभेद नगरी एकसाथ लैजानुपर्ने बताउनु भएको छ । उहाले हामीले आफनो पेशाको पनि संरक्षण गर्नुपर्ने बताउदै आफनो संस्कृति संरक्षण र बिकासका लागी वडा हुदै गाउपालिकाबाट बजेट माग गरी काम गर्नुपर्ने जोड दिनु भयो ।
कार्यक्रममा सुर्यनारायण यादव, रामदेव यादव, लगायतले बोल्दै गोपाल सेवा समितीको माध्यमबाट यदुवंशी समाजमा भावनात्मक सम्बन्धको बिकास गर्न जरुरी रहेको बताउदै यादव समुदायमा भएको कमीकमजोरीलाई पहिचान गरी सुधार गर्नुपर्नेमा जोड दिनु भएको थियो । कार्यक्रममा यादव समुदायका जेष्ठनागरीकहरुलाई दोसल्ला ओढाइ सम्मान समेत गरीएको थियो । भने कार्यक्रम संचालन तुलसी यादवले गर्नु भएको थियो ।
प्रकाशित मिति: २०२३-०४-१४ , समय : २२:४१:२० , २ वर्ष अगाडि